-ललितपुरका बिधालयमा रोवर्ट प्रविधि

ललितपुरका बिधालयमा रोवर्ट प्रविधिमार्फत प्राध्यापन

Hollywood Khabar March 15,2019 Comments

ललितपुर/२ चैत

ललितपुरमा रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाई पद्धतिको सुरुवात भएको छ। प्रयागपोखरीस्थित यशोधारा बौद्ध माध्यामिक विद्यालयमा शुक्रबारबाट रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाई पद्धतिको सुरुवात भएको हो ।

रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाई पद्धतिले विद्यार्थीहरुमा समस्या समाधान लगायतका सीप र क्षमता विकास गर्न सहयोग पु¥याउने वताउँछन् ललितपुर महानगरपालिकाका ‘आइसीटी फोकल पर्सन’ सत्यनारायण महर्जन।

रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाइको सुरुवातका लागि फागुन २७ गतेबाट चैत १ गतेसम्म शिक्षकहरुलाई तालिम दिइएको थियो । ललितपुर महानगरपालिकाको आयोजनामा ५ दिनसम्म चलेका तालिममा प्रयागपोखरीस्थित यशोधारा बौद्ध माध्यामिक विद्यालय, बालकुमारीस्थित हिन्दुविद्यापीठ र धापाखेलस्थित जलपा माध्यामिक विद्यालयका दुई÷दुई जना शिक्षकहरु सहभागी थिए। तालिमका लागि जापानको मियागो विश्वविद्यालय, केडीडीआई फाउण्डेशन, सिटिनेट योकोहामाले सहयोग गरेका थिए।

तालिम समापनसंगै शिक्षकहरुले हासिल गरेको सीप, क्षमता र दक्षतका आधारमा यशोधारा बौद्ध माध्यामिक विद्यालयमा पहिलो पटक रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाई प्रदर्शन गरेका थिए। शुक्रबार यशोधारा बौद्ध माध्यामिक विद्यालयका कक्षा सातका विद्यार्थीहरुले करिव २ घण्टा यो प्रविधिको अभ्यास गरे।

सिटीनेटका कार्यक्रम निर्देशक केन्द्र हिराताले यो पद्धतिबाट शिक्षण सिकाइले विद्यार्थीमा सृजनशीलताको विकास गर्ने वताए। मियागी विश्वविद्यालयका प्रोफेसर मिजुटानी योशिनारीले विद्यार्थीहरुले रोवर्टलाई एसेम्बर गरेर विद्यार्थीहरुले नयाँनयाँ खोज गर्न सक्ने वताए।

यो नेपालमै पहिलो पटक रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाईको सुरुवात भएको ललितपुर महानगरपालिकाका ‘आइसीटी फोकल पर्सन’ सत्यनारायण महर्जनले वताए । ‘आइसीटी फोकल पर्सन’ महर्जन भन्न्, ‘यो पद्धतिमार्फत शिक्षण गर्दा विद्यार्थीहरुमा सृजनशीलता बढ्छ। उनीहरुलाई उत्साही बनाउँछ र नयाँ नयाँ कुराहरुको खोजी गर्ने बानीको विकास गर्छ।

ओएलइ नेपालका कार्यकारी निर्देशक रवि कर्माचार्यले यो पद्दतिबाट शिक्षण गर्दा विद्यार्थीहरुमा प्रयोगात्मक विधिद्धारा सिक्ने बानीको विकास हुने वताए।