-लालबाबु पण्डित

संसदमा मन्त्री लालबाबु पण्डितलाई कारवाही गर्न माग 

Hollywood Khabar June 12,2019 Comments

३० जेठ काठमाडौं।संसदमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कारवाही गर्न आवाज उठेको छ।समाजवादी पार्टीका प्रदीप यादव र उमारशंकर अरगरियाले संविधान विपरित अभिव्यक्ति दिने मन्त्रीलाई कारवाही गर्न प्रतिनिधिसभाको बुधबारको बैठकमा माग गरेका हुन् ।सांसद अरगरियाले समावेशी सिद्धान्तविपरित आएको लोकसेवाको विज्ञापनले संघीयतामाथि सांघातिक हमला भएकोले संसदीय समितिको निर्देशन नमान्ने र संविधानविपरित अभिव्यक्ति दिने मन्त्रीलाई कारवाहीको घेरामा राख्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गर्दै रुलिङको  माग गरेका हुन्।सांसद प्रदीप यादवले लालबाबुको नाम नलिइ जथाभावी अभिव्यक्ति दिने साइकल मन्त्रीलाई लगाम लगाउन माग गरे।