साङ्केतिक तस्बिर:साभार वेब

लागु औषध मुद्दा मिलाइदिन्छु भन्दै बार्गेनिङ गर्ने पत्रकार पक्राउ

Hollywood Khabar July 11,2020 Comments

२८ असार,वीरगञ्ज।लागुऔषध मुद्धामा पक्राउ परेकालाई छुटाइदिन्छु भनेर रकम मोलमोलाइ गरेको आरोपमा प्रहरीले बाराका पत्रकार भैयाराम शाहलाई पक्राउ गरेको छ। मुद्धा मिलाइदिने भन्दै अभियुक्तसँग पैसाको बार्गेनिङ गरेकोले साहलाई पक्राउ गरिएको हो । ‘गाजा मुद्धा मिलाइदिन्छु भनेर पैसाको बार्गेनिङ गर्दै आएका शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

शाहलाई बारा जिल्ला अदालतले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्ने अनुमति दिएको छ । उनी विरुद्ध अभद्र व्यवहार मुद्धा दर्ता गरेर कारबाही प्रक्रिया शुरु गरिसकिएको प्रहरीले जनाएको छ। अभियुक्तसँग बार्गेनिङ गरेको अडियो प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए।

‘पत्रकारिताका विषयलाई लिएर प्रहरी हस्तक्षेप भए अस्वीकार्य हुन्छ तर व्यक्तिगत लेनदेनका कुरा रहेछन् भने महासंघले केही गर्न मिल्दैन। किन पक्राउ गरेको हो जानकारी आउन सकेको छैन।त्यसबारेमा बुझ्दैछु’ पक्राउ पर्नुको कारण बुझेर आधिकारिक धारणा सार्वजनिक गर्ने नेपाल पत्रकार महासंघ बारा शाखा अध्यक्ष कमल कुमार उपाध्यायले बताए।