तस्बिर वेब

लागूऔषध गाँजासहित एक यूवक पक्राउ

Hollywood Khabar July 10,2019 Comments

२६असार, धादिङ।गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले बिहीवार प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । 

प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का  ४१ वर्षीय वीरबहादुर लामालाई पक्राउ गरिएको छ