साङ्केतिक तस्बिर

लागुऔषधसहित तीनजना पक्राउ

Hollywood Khabar May 11,2019 Comments

३० वैशाख,काठमाडौं।महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।प्रहरीले यही २८ गते १९ः०० बजे काठमाडौं महानगरपालिका(७ मित्रपार्क स्थित इलाम पाचथर गेष्ट हाउसबाट झापा कमल गाँउपालिका ४ का सूर्यबहादुर विश्वकर्मालाई पक्राउ गरको छ।

विशेष सूचनाक आधारमा खटिएको प्रहरी टोलीले विश्वकर्माको साथबाट नगद ११ हजार सात सय २० रूपैयाँबराबरकोलागुऔषध फेनरागन, डाईजेल्याप र लुपिजोसिक गरी एक सय ३१ एम्पुल लागुऔषध बरामद गरेको छ।