अभिमन्यू

लघुकथा अतृप्त मन

Hollywood Khabar April 09,2018 Comments

उ त्यतिकै त्यो गाउँ पुगेको थिएन।उसलाई त्यहा पुग्न भगवानको मार्गदर्शन भएको भान हुन्थ्यो। किनकि उ त्यसरी त्यो गाउँ पुग्ने सपना पनि देखेको थिएन र कल्पना पनि गरेको थिएन।उसले कफि खान राखेको प्रस्तावमा एक बचनको आमन्त्रणलाई आत्मबिश्वासले जितेर पुगेको थियो त्यहाँ उनलाई भेट्न ।थाहा छैन कुन शक्तिले उसलाई त्यहाँ पुर्यायो कुन आत्म बिश्वासले उनलाई भेट्न पुग्यो उ अन्यौल मै थियो।जव उनलाई भेट्यो उसले, दुबैलाई एउटा अनौठो अनुभुति भए झैं लाग्यो-दुबै दुबैका लाग नौलो लागेनन् , न त अपरिचित नै। बर्षौ बर्ष देखि भेटघाट र चिनजान भए झैं लाग्यो दुबैलाई।

नाता र सम्बन्ध भन्ने कुरा नि अनौठो हुने रैछ । जब उनीसंग भेट भयो कफी खान कफी सपमा गयौं। घण्टौं बस्यौं त्यहा पटक पटक कफी मगाए खायौं तर हाम्रा कुरा सकिएनन्। उनको आँखा र उसका आँखा पटक पटक जुध्थे एक अर्कालाई हेरेर थोरै लजाउथे मुसुक्क हाँस्थे अनि एकछिन भुईंतिर हेर्थे।एकछिन दुबै बिच सन्नाटा छाउँथ्यो। अनि त्यो सन्नाटालाई चिर्दै वेटर आउँथ्यो र भन्थ्यो सर केहि अर्डर छ अनि उ हत्तपत्त भनि हाल्थ्यो अव एक कप ब्ल्याक टि खाउँ न । उनी उसको पारा देखेर मादक हेराईको झटारो हान्दै मुसक्क हाँस्थिन् ।

घण्टौंको बसाई पनि क्षणभरमैं सकिए झैं लागे पनि सायद दुबै मनभरि अतृप्त सपनाहरु बुनेर एक अर्कामा एकाकार हुने मिठो कल्पनामा डुब्दै एकछिन अलमलिन खोज्दै थिए दुबै। तर समयले नेटो काटिसकेको थियो।न उ उनलाई रोक्न सक्थें न उनी उसलाई।उनलाई पनि घर जान हतारो भए पनि पाईला भने उसका कारण अल्मलिरहेका थिए कफि सपमा।उसको नि हालत त्यस्तै थियो।दुबै यस्तै यस्तै मनमा तानाबाना बुन्दै गर्दा कालो चिया आईपुग्यो।दुबै चोरी चोरी एक अर्कालाई हेर्दै मुस्कुराउँदै चियाको सुर्कोमा थप एकछिन रमाए।अब त जाउँ होला जाने होईन ?उनले सन्नाटालाई बिथोल्दै भनिन्।उसले नि मुसुसुक्क मुस्कुराउँदै भन्यो के को हतार बसौं न दुई चारदिन हुन्न?भन्दा अँऽऽऽऽऽऽऽ हजुर पनि भनेर मसक्क मस्किईन्।अनि  बिल पे गरेर अतृप्त मन लिएर फेरि भेट्ने बाचाका साथ मुस्कुराउँदै छुट्टिए ।