तस्बिर वेब

सबै लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन राष्ट्र बैंकले सचेत गरायो

Hollywood Khabar June 13,2019 Comments

३१ जेठ काठमाण्डौ।नेपाल राष्ट्र बैंकले सबै लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन सचेत गराएको छ ।शुक्रबार काठमाण्डौमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तक्रियामा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा‍.चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराउनु भएको हो।  

उहाँले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पुर्या उने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएको स्पष्ट पार्नुभयो।गभर्नर नेपालले असार महिनाभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना गरिसक्ने घोषणा पनि गर्नुभयो। 

७५३ वटा स्थानीय तहमध्ये ७२८ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेको र बाँकी स्थानीय तहमा पनि यही असारभित्र बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्था गर्ने गभर्नर नेपालको योजना छ।कार्यक्रममा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने नेपाल राष्ट्र बैंकको कामप्रति पूर्ण समर्थन रहेको बताउनु भयो।समस्यामा परिरहेका लघुवित्त संस्थाहरुलाई पनि मर्जर अभियानले ठूलो राहत दिएको उहाँको भनाइ छ।अध्यक्ष जोशीले लघुवित्त संस्थाहरुलाई कृषि कर्जा प्रवाह गर्न नदिने नेपाल राष्ट्र बैंकले गरेको निर्णयप्रति भने दुःख व्यक्त गर्नुभयो।