दिपक अभिमन्यू

लघुकथा तिर्खा

Hollywood Khabar March 18,2018 Comments

उसले विवाह गरेको जति भयो जागिर खाएको पनि त्यति नै भयो।दाम्पत्य जिवनको कुनै पनि मोड उसका लागि असफल रहेन।अझ भनौं सुन्तलि र उसको जोडीले कहिले अपूर्णता महसुस गर्नु परेन।उसले अफिसीयल कामका शिलशिलामा धेरै जिन्दगीका कथा सुनेको थियो।ती कथा उसलाई सुनाउदा कतिले मरि जाओस भन्थे त कतिले धारे हात लाउँथे।कहिले कहिं त उसलाई ती कथा भन्नेहरुले तेर्स्याएको धारे हात उसलाई सरापे झैं लाग्थ्यो र उ एकछिन घोत्लिन्थ्यो अनि आफ्नो र सुन्तलिको सुखमय जीवनका मिठा मिठा पलहरुलाई रिप्ले गर्थ्यो र आफ्नो अफिसको पूर्वी भित्तामा रहेको मङ्गलमूर्तिलाई हात जोर्थ्यो र भुत्भुताउँथ्यो- धन्य भगवान आज सम्म सुन्तलीका सामु असक्षमता महसुस गर्नु परेको छैन।

जीवनको दुई दर्जन बर्षहरुको यात्रापुरा हुदै गर्दा उसको जीवनमा एउटा यस्तो मोड श्रृजना भयो। जुन उसले कहिल्यै कसैका लागि पनि ईच्छ्याएको थिएन।अफिसबाट उ आज चाँडै नै आएको थियो।बच्चाहरु आफ्नो गृहकार्य गर्दै थिए। ठुली छोरी बिहानै कलेज जानु पर्ने भएर खाना खानासाथ सुतिहाली।उ पनि दिनभरिको दौडधुपले थाकेका कारण अलिकति काम सकेर सुत्यो।जव उसको आँखा खुल्यो सुन्तली उसको शरिरका अङ्गप्रत्यङ्गसंग खेलीरहेकि थिई उसलाई रमाईलो लाग्यो ।उ बिउँझिएर पनि नबिउँझे झैं गरिरहरह्यो।निकैबेर उसको शरिरमा रमाई रहेकी सुन्तली एकाएक पञ्छिइ किनकि लामो प्रयसका बाबजुद पनि उ आज सुन्तलीका लागि तयार हुन सकेन।उसलाई आत्मग्लानी भयो।उसले सुन्तलीसंग निकै बेर चल्यो तर उ तयार हुन सकेन।

सुन्तली जुरुक्क उठेर भित्तापट्टी फर्किएर सुती।उसलाई आज तीनै कथा भन्नेहरुले लगाएको धारे हात सायद आज उहितिर तेर्सिएको भान भयो उसलाई।उ निदाउन सकेन ।छटपटिरह्यो सयौंपल्ट कोल्टे फेरिरह्यो।उसको जे हाल भएको थियो सुन्तलीको पनि उस्तै हालत थियो।उसलाई लाग्दो हो आजसम्म नभएको घटना कसरी घट्यो उ गम खादैथिइ सायद ।उ तिर्खाएर छट्पटिदै दौडीएकी थिई तर उसको तिर्खा जस्ताको तेस्तै रह्यो ।उसले त्यो रात सुन्तलीको तिर्खा मेटाउन सकेन।मानौ दुनियाँको भाषामा भन्ने हो भने उ नामर्द भएको थियो आज।उ यहि शब्द सम्झदै छटपटिदै पटक पटक कोल्टे फेरिरह्यो तर आँखामा निद्राको कुनै नामोनिशान थिएन।

तस्बिर साभार वेब