अभिमन्यू दिपक 

लघुकथा परिवर्तन

Hollywood Khabar September 20,2019 Comments

बिहानै पल्लाघरकी माईली बुहारी सासुससुरालाई धारे हात लगाई लगाई सराप्दै थिईन्।निहुथियो दुध हालेको चिया खान ईच्छा गरेको कुरा ।सासु  महिनौं भईसकेको थियो थला परेको ।घरमा बिहान बेलुका गरेर पाथी दुध दिने गाई थियो तर उनले कहिल्यै एक कप दुध भेट्टाउन्नथिन।खै के मनमा आएर आज बिहानै दुध हालेको चिया खान पाए हुन्थ्यो चनेर के बोली भुईंमा मात्र चुहिएको थियो बुहारीको महापुराण शुरु भयो । त्यस दिन उनले अघिपछि भेट्टाउने कालो चिया समेत भेट्टाईनन्।भात खाने बेला सम्म पनि बुहारीको महापुराण सकिएको थिएन ।भोली ससुराको श्राद्द भएकोले आज एकछाकी थियो त्यसैले प्राय ओछ्यानमै रहने सासु पनि सकि नसकि एकछकी बसिन नबसेपनि उनलाई मात्र भात पकाएर खुवाउने त्यहा कोहि थिएन ।

भोलीपल्ट बिहानै फेरि बुहारीको महापुराण शुरु भयो ।आजको निहुँ भने नन्दलाई श्राद्दमा नबोलाएको कुरालाई लिएर र दक्षिणाको बिषयमा थियो ।त्यहि ससुराको सारा सम्पत्ति सोहोरेर गाउँभरकि हुनेखानेमा दह्रिएकि माईली त्यहि ससुरालाई एउटा पीण्ड दिन पनि रडाको मच्चाईरहेकि थिई ।

त्यसको ठिक पर्सीपल्ट माईतमा श्राद्द छ भन्दै ओछ्यान परेकि सासुलाई बेवास्ता गर्दै माईली माईत हान्निई ।जसरी उसले दुईदिन अघि घरमा रडाको मच्चाकि थिई त्यहा त्यहि दृश्य दोहोरिएको थियो ।माईलीकि भाउजु कराउँदै थिईन् हामले मात्रै खाको होर कान्छाले खाका छन् तीनले गरे के हुन्छ सधै हामले मात्रै गर्नुपर्छ भन्ने छ तीन छोरी नाती नातीनालाई सधै तीन पाथी घिचाएर उल्टै दक्षिणा पनि दिएर सधै हामले मात्र ठेक्का लिया छ श्राद्देको।माईली जाँदाजादै आँगनमा टेक्ने खुड्किलोमा पाईला मात्र के राख्याथी उसका कानमा परि हाल्यो ।त्यसपछि उ आँगनमै नटेकि फरक्क फर्की घरतिर ।

बाटोमा उसका मनमा अनेकन कुरा खेले।मलाई मेरा बाबा आमाको बिषयमा बोल्दा जसरी पोल्यो त्यसैगरि मैले बोल्दानि त मेरा उनलाई पोल्दो हो छटपटी हुदो हो ।अनि मेरा छोराले नि के भन्ठान्दो हो ।भोली मेरो नि त बुहारी आउँछे मेरो यो व्यवहार उसले सिकी भने त आज सासु भएका ठाएँमा म हुनेछु। अँ हँ अब म यो गल्ती गर्दिन। मैले साँस्कारिक हुनुपर्छ सुसँस्कृत हुनुपर्छ यस्तै यस्तै सोच्दै उ घर आईपुगी । उ लुगा पनि नफेरि सरासर सु भए ठाउँमा गई अनि सासुलाई अङ्गालो हालेर छाँद हालेर रोई । आमा मैले ठुलो भुल गरें म अब देखि हजुरलाई कहिल्यै नराम्रो बोल्दिन कहिल्यै नराम्रो गर्दिन ।सासु बुहारीमा आएको यो व्यवहारिक परिवर्तनले सोचमग्न भईन् र टोलाएर भुईंतिरहेरिरहिन केहि बोलिनन्।