अभिमन्यु दिपक

लघुकथा न्याय !

Hollywood Khabar February 17,2020 Comments

गाउँको सानुकान्छा घट्ट गएर फर्कदै गर्दा बाख्रालाई खुवाउन हुन्छ भन्दै खेतमा असरल्लै उम्रेका भाङ्गको बोट उखेलेर हातमा एक मुठो बनाएर लिएर आउँदै गर्दा पुलिसले समायो र लागुऔषध गाँजा मुद्धा चलायो ।अदालतले ती भाङ्गका बोटहरु गाँजा भएको ठहर गर्यो र उ जेल चलान भयो ।

ठुला कर दाता कार्यालयका हाकिमलाई एउटा ठुलो कम्पनिको कर मिलाउने क्रममा ३ करोड भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचारको मुद्धा लाग्यो । निजको संग साथमा रहेको चल अचल सम्पत्ति सो हि कम्पनिको कर मिलाउने क्रममा नै लिए खाए पाएको पुष्टी नभएको भन्दै उनलाई सफाई दियो ।

लेनदेनको बिषयमा पुछताछका लागि भनेर बोलाएर ठगी मुद्धा चलाएर गाउँमा सानो चियापसल चलाएर बसेको अपिललाई दुई जना बिच भएको लेनदेनमा साक्षी बसेर ठगी गरेको आरोपमा ठगी गरेको ठहर गर्दै उसलाई जेल चलान गरियो ।

दशौं बर्षदेखि लिभिङ्ग टुगेदरका रुपमा बसेका संजोग र सीमाका बिचमा एकदिन बेलुका बेडमा जाँदाका बखत सामान्य झगडा भयो । उसले सीमालाई जबर्जस्ती भोग गर्न खोज्यो ।सीमाले मानिन ।तथापि उसले जबर्जस्ती गर्ने असफल प्रयास गर्यो ।दशौ बर्षको सुमधुर सम्बन्ध एकछिनको आक्रोसले एकछिन संयम हुन नसक्दा एकै पलमा ध्वस्त भयो।उसले जबरजस्ती गर्न खोजेको कुरा खुलाएर जाहेरी दिई । उसलाई पक्राउ पनि गर्यो ।तर उ पावरवाला मान्छे थियो ।अदालतले उसलाई वादी दावी पुग्न नसक्ने ठहर गर्दै सफाई दियो ।

दुई जना साथी चिया खाँदै कुरा गर्दै थिए। एउटाले भन्यो–यो देशमा सोझालाई सुली भने झैं नै हो त न्याय ! आखिर सहि न्याय कहिले पाउँछन जनताले ? के यस्तै हुन्छ न्याय !अर्कोले सहि थप्दै भन्यो−हो त । यहाँ पैसा र पावर नहुनेलाई न्याय कहाँ मिल्छ । पद प्रतिष्ठा र व्यक्तित्वका आधारमा तय हुन्छ न्याय । यो सब सुनिरहेको एक अर्को व्यक्तिले भन्यो−यहाँहरुले भनेको सहि हो ।त्यसको ज्वलन्त उदाहरण मै हुँ । यदि मसंग पैसा नभएको भए म अहिले जन्मकैद भोगीरहेको हुन्थे ।उसको कुरा सुनेर दुबै नाजवाफ भए ।उनीहरुले मनमनै सोचे नेपालको न्याय र कानुन दैवले जानुन भन्थे हो रै छ ।