-Saraswati Chaulagain

लागेछ कोरना

Hollywood Khabar November 06,2020 Comments

-सरस्वती चौलागाई, मेलम्ची २, सिन्धुपाल्चोक, हालः गोकर्णेश्वर५, काठमाडौं/११/७/२०

नष्ट गरेर उत्पादन स्वदेशको किसान मार्नेलाई,
हुन्न राखन धर्तीमा त त्यसको परजिीवी पार्नेलाई ।

काले विनास विपरित बुद्धि लागेछ नी तहाँ कोरोना,
कठै खाएर जूठोभात चल्दै गरेको छ पारी हैरान ।

गरी श्रमको उपहास हे कुर्षिको खोपी खाल मार्नेहरु,
अब नबस भो रत्तिभर कुर्षिमा समृद्धि देख्नेहरु ।

बुट्टि गाडेर आत्मनिर्भर बन्ने भए काटी हातहरु,
कस्तो बनायौं लौं जनता मार्ने कोरने रुपी मातहरु ।

गाउँ गाउँमा लान नहुने स्वदेशी कस्तो बर हो खाना,
कस्तो लागेछ थानीय विकासेलाई कृषक मार्ने कोरोना ।

यही हो नी त सरकारको समृद्धि, सुखी जनता नीति
गाडी स्वदेशी उपज खडा गरी भोकमरी राख्ने थिती ।

यही होनी त संघीय सम्रचनाको लौं सुनौलो समृद्धि,
दैव सिर्जना कस्तो हुन गो भ्रष्टाचार र कुकर्मी बुद्धि ।

गरौं जुटेर जन राजा रजौटारुलाई खवरदार
पर निर्भर देश जाँकी कति के केमा पर्छौ लम्पसार ।।