लस भेगासमा पहिलो पटक नेपाली म्युजिक भिडियो

Hollywood Khabar March 12,2017 Comments

अमेरिका, लस भेगास ११ मार्च / अमेरिकामा रहेका नेपालीहरूले फाट्टफुट्ट म्युजिक भिडियो निकाल्ने गर्दै आएकामा दुई तीन सय नेपालीहरूको बसोबास रहेको लस भेगासका युवाहरूको पहलमा पहिलो पटक शुटिंग हुँदैछ। 
“हाम्री दाइ कि साली” बोल रहेको गीतको शब्द, सङ्गीत, स्वर र निर्देशन श्याम भट्टराईको रहेको छ । यसमा अनिष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, रश्मिता भण्डारी रहेकाछन् । भिडियोको छायांकन शङ्कर वाग्लेले गर्दैछन भने निर्देशन श्याम भट्टराईको रहेको छ । 
रात्रि जीवनको लागि ख्यातिप्राप्त मरुभूमि बिचमा रहेको लस भेगासको स्ट्रिप, नजिकै रहेको रेड रक लगायतका स्थानमा छायांकन गरिएको भिडियोको निर्माण युवा अमित लुइँटेलले, गोविन्द सापकोटा र अनिता लुइँटेलको विशेष पहलमा तयार गर्न लागेका हुन् ।  दुई दिन लगाएर शुटिंग गरिएको यस भिडियोको इड़िटिंग पश्चात् केही दिनमा नै युट्युबमा सार्वजनिक गरिने अमित लुइँटेलले जानकारी गराए ।
तस्विर:शंकर वाग्ले