लाल आयोगको लाल बुझक्कड प्रतिवेदन

0
shares

by Soni Sharma | Updated: 16 Aug 2019

78 views
साङ्केतिक तस्बिर:साभार वेब

३२ साउन काठमाडौं।संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय समेटेर लालबुझक्कड प्रतिवेदन बुझाएको छ।तत्कालीन राजपरिवारको हत्या कसले गर्यो भन्ने विषय विवादित रहेकै अवस्थामा आयोगको प्रतिवदेनमा ‘युवराज दीपेन्द्रले अरुको हत्या गरेर आफूले आत्महत्या गरेको’उल्लेख छ।

इतिहासदेखिका घटनाको प्रसंग जोड्दै प्रतिवदेनमा राजा वीरेन्द्र र उनको वंशविनासको विवादित विषयलाई ‘किटानी’ साथ उल्लेख गरिएको छ।सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगलाई‘तराई–मधेस र थरुहट आन्दोलनको विषयमा प्रतिवेदन पेश गर्न’ कार्यदेश दिइएको थियो ।

यो कार्यदेशभित्रका विषयमा आयोगले सरकारमाथि दर्जनौँ प्रश्न उठाउँदै आन्दोलनमा गैरन्यायिक हत्या गरिएको आरोप लगाएको छ।जाँचबुझ आयोग ऐन ०२६ मा क्षेत्राधिकारभन्दा बाहिर गएर व्याख्या विश्लेषण र धारणा बनाउन नपाइने उल्लेख छ ।