लसएन्जलसको नेपाल आइडल मेगा कन्सर्ट र परमो धर्म

Hollywood Khabar February 04,2018 Comments

लसएन्जलस/लसएन्जलसमा आगामी साता आयोजना हुन लागेको नेपाल आइडल मेगा कन्सर्ट मातृभूमि नेपालको सेवा परमो धर्मको अभियानमा जोडिने भएको छ। तयारीको अन्तिम चरणमा रहेको नेपाल आइडल मेगा कन्सर्ट मार्फत धुर्मुस सुन्तली फाउन्डेसनको अभियानमा जोडिएको आयोजकले बचेको रकमबाट युद्ध पिडित वालवालिकाको शिक्षामा समेत खर्चिने भएका छन्।
कार्यक्रम संयोजक टेक लामा वाइवाका अनुसार निकट भविष्यमै मनोरंजन नेपाली भाषा र संस्कृतिको विकास र लोक कल्याणको उद्धेश्यले नेपाली कलाका बहु आयामिक पाटो पस्कने अभियानको पहिलो अध्यायको रुपमा नेपाल आइडल मेगा कन्सर्ट आयोजना गर्न लागिएको बताएका छन्। स्वस्थ जिवनका लागि मनोरंजन भन्ने मूल मन्त्र बोकेर सेवा परमो धर्मको अभियानमा जोडिएको नेपाल आइडल मेगा कन्सर्टमा दक्षिण क्यालिफोर्नियाका सवै नेपालीको पहुँच पुर्याउन घर दैलो अभियान मार्फत टिकट वितरण सुरु गरिसकिएको संयोजक लामा बताउछन।
धुर्मुस सुन्तली फाउन्डेसनको दुखि गरिवलाई बास दिने अभियानमा यो कार्यक्रमको सहयोग पुग्ने भएकोले आफु र आफ्नो परिवार मार्फत लोक कल्याणको यो पुनित कार्यमा जोडिदै मनोरंजन लिन आयोजकले सवैलाई आग्रह गरेका छन्।
नेपाली अमेरिकन सोभा विष्टले भनिन,कमन लसएन्जलस,सेवा परमो धर्मसंगै नेपाल आइडलका हस्तिहरुसंग रकिंग लसएन्जलस,लेट्स टुगेदर, लेट्स इन्जोय लसएन्जलस। आयोजक टेक लामाले भने,लसएन्जलसमा बस्ने नेपालीको मातृभूमि प्रतिको मायाँ र लगावका लागि नेपाल आइडल मेगा कन्सर्टमा साझेदारी जनाउदै उपस्थिति जनाउन र प्रायोजन गर्न आग्रह गर्दछु।
कार्यक्रमको पूर्ण विवरण
मिति: ११ फेब्रुवरी, २०१८&
स्थान: 15311 Pioneer Blvd, Norwalk, CA 90650
समय: प्रवेश गर्ने साँझ ८:०० बजे
टिकटको लागि सम्पर्क व्यक्ति
तारा गुरुङ, तारा हिमालयन कुजिन (५६२ ८६० ४६०८)
टेक वाइवा लामा (५६२ ४१३ ११४८)
वीरवल बुढाथोकी (७१४ ३२६ ६४५१)