-एनआरएनएका अध्यक्ष पन्तका तीन प्रमुख काम, केहि बोल्ड डिसिजन सहित

एनआरएनएका अध्यक्ष पन्तका तीन प्रमुख काम, केहि बोल्ड डिसिजन सहित

Hollywood Khabar April 13,2021 Comments

कृष्ण के सी, अमेरिका, अप्रिल १४, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको कार्यकाल अब ६ महिना मात्र बाँकी छ। २४ महिनाको कार्यकालमा धेरैजसो समय कोरोनाले नियमित हुन दिएन। तर पनि केहि गतिबिधिहरु भने पुरा भएका छन्। यस बाहेको अध्यक्ष पन्तले केहि बोल्ड र दिर्घकालिन महत्वका डिसिजन पनि लिन थाल्नु भएको छ। यस्तो निर्णय पहिला देखि नै गर्नुपर्थ्यो भन्ने आम रुपमा गुनासो छ।

२० वटा काम गर्ने योजना सहित आउनु भएका अध्यक्ष पन्तको लागि नियमित काम बाहेक अब तीन वटा मुख्य काम रहेको बताउनु हुन्छ। अर्को कुरा भनेको संघले अगाडि ल्याएको एनअरएन फाउण्डेशनको कुरा पनि छ।

  • पहिलो, लाप्राक नमुना बस्ती निर्माण सम्पन्न भैसकेको छ। अब केवल कागज र हस्तान्तरण बिधि पुरा गर्न नेपाल सरकारका निकायसँग काम पुरा गर्न बाँकी रहेको भन्नुहुन्छ अध्यक्ष पन्त। त्यसको पुरा भएपछि तुरुन्तै लाप्राक नमुना बस्ति हस्तान्तरण गरिने छ। त्यसको मिति समेत तय भएको छ। अध्यक्ष कुमार पन्त सहित संघका धेरै व्यक्तिहरु त्यसका लागि नेपाल पुगिसकेका छन्।
  • दोश्रो कुरा, कोरोनाको महामारीबीच मध्येपूर्व र मलेसीया सहित केहि देशमा रहेका नेपाली श्रमिकहरुको उद्धार र हितका लागि अन्तराष्ट्रिय श्रम संगठन (ILO) ले दिएको सपोर्टको लागि काम गर्ने रकमको कुरा आएको छ।ILO ले दिएको सो सपोर्ट रकममा केहि अपचलन भएको कुरा आएको छ। सुरुमा यसलाइ संघकै केहि पदाधिकारीहरुले नमानेता पनि हाल आएर भने सो कुरा सावत हुँदै गएको छ। एउटा देशको एनसीसी नेतृत्व नै सस्पेण्ड गर्ने एनसीसीको निर्णयलाइ आइसीसीको ओबी बैठकले सदर गरेको छ। ILO ले पनि आफ्नै श्रोत अपचलन भएकोबारे अनुसन्धान गर्दैछ। यो घटनाबाट संघलाइ ब्लाक लिष्टबाट जोगाउन अध्यक्ष पन्तले बोल्ड डिसिजन लिन थाल्नु भएको छ। उहाँले भेटिएका प्रमाणका आधारमा संबन्धित व्यक्ति, नेतृत्व जो, जसलाई पनि आवश्यक निर्णय गर्ने बताउनु भएको छ। यसको सुरुवात समेत भएको छ। अपचलन भएको रकम फिर्ता लिने काम हुनेछ र त्यस्ता व्यक्तिलाइ जिम्मेवारी र संघको पंजीकृत सदस्यबाट समेत मुक्त गर्ने सम्मको निर्णय गर्न तयार हुनुहुन्छ अध्यक्ष पन्त।
  • तेश्रो कुरा, पहिला गैरआवासीय नेपाली संघको नाममा या घुमाउरो रुपमा नाम प्रयोग गरेर नेपालमा लगानी गरेको भन्दा फरक प्रकृतिको लगानी योजना पुरा गर्नु हो। सुरुमा १० अर्बको लगानी भनेर सुरु गरेता पनि अब त्यो लगानी आइपिओमा पुग्दा दर्जनौ गुणाले बढ्ने भएको छ। नेपाल सरकारको ५% र बाँकी गैरआवासीय नेपालीहरुको लगानी रहने लगानी कम्पनिको दर्ता प्रक्रिया पनि पुरा भएको छ। अब शेयर बजारको ब्यबस्था पुरा भएपछि आम एनआरएनहरुले आफ्नो सानो देखि ठूलो सम्मको लगानी गर्न पाउने भएका छन्। यो अर्को ठुलो कुरा भएको र त्यसलाई आफ्नो बाँकी रहेको ६ महिना भित्रमा सुरु नै गरिछाड्ने कुरा अध्यक्ष पन्तको रहेको छ।

पछिल्लो समय सँस्था र आम गैरआवासीय नेपालीका लागि बोल्ड डिसिजन गर्न सुरुगर्न थाल्नु भएका अध्यक्ष पन्तलाइ बल्ल आम एनआरएनहरुले फरक रुपमा हेर्न थालेका छन्। यस बाहेक गत बिशेष महाधिवेशनले ल्याएका केहि एडजस्टमेन्टलाइ पनि निर्णय गर्न थाल्नु उहाँको राम्रो सुरुवात हो।