-NRNA VP Mr Kumar Pant and Mr Kul Acharya, President Candidates for 2019

NRNA:काँग्रेसको नारा बोकेका आचार्य भन्दा पन्तको पक्षमा धेरै काँग्रेसी

Hollywood Khabar August 31,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१/१९

गैरआवासीय नेपाली संघमा थुप्रै पूर्वजहरुको योगदानले धेरै राम्रा काम भएका छन्। केहि काम लामो समय देखि अधुरा रहेका छन्। कतिपय गर्ने पर्ने काम तर सुरु नै भएका छैनन्। अबश्य पनि गैरआवासीय नेपालीहरुको संख्या दैनिक रुपमा बढेका छन्। संस्थाको हिसाबले यो खुशीको कुरा होला तर देशको हिसाबमा यो दु:खको कुरा हो।

भलै नेपाल सरकारले गैरआवासीय नेपालीका लगानी लगायतमा थुप्रै सुरक्षाका पूर्वाधारको बिकास गरेको छैन। अझै पनि भारत लगायतका देशहरुको तुलनामा नेपालमा बैदेशिक लगानी पूर्ण रुपमा सजिलो वातारणमा भएको छैन। तर पनि संघ र यसका अभियन्ता र सदस्यहरुले ठूलो राशिको लगानी नेपालमा गरेका छन्।

ऐले आएर गैरआवासीय नेपाली संघको आगामी नेतृत्वलाइ लिएर नेपालीहरुको बिश्व समुदाय घटी-बढी जे जता होस् तर दुइ भागमा विभाजित भएको छ। वर्तमान उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यले अध्यक्षका लागि प्रत्यासी भएको घोषणा गरेका छन्। उनीहरु बिभिन्न देशको भ्रमण र भेटघाटमा ब्यस्त भएका छन्। कतार र मलेसीयामा दुवैजना र अरु धेरैजना आकांक्षीहरुको जमघट भयो। स्टेज शेयर गरेता पनि उनीहरुको उम्मेद्वारीसंगै नेपालीहरुको एउटा पक्ष कुमार पन्त र अर्को पक्ष कुल आचार्यसँग लागेका छन्।

सुरुमा कुल आचार्यले नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै उम्मेदवार हुने र बाम र प्रजातान्त्रिक प्यानलमा चुनाब लड्ने भन्दै गर्दा उनको पक्षमा कोहि पनि उम्मेद्वार सपोर्ट गर्न आएनन। केवल जनसम्पर्क समितिका केहि व्यक्ति मात्र आए। उम्मेद्वार छनोट गर्न बनाइएको भनिएको तीन सदस्य टोली नै तीनतिर भयो र अन्तत निकम्मा भएर गयो अनि ऐले आएर हरायो।

यति मात्र होइन कुल आचार्य चुनाब नै लड्दैनन भन्ने व्यक्तिहरु उनका सपोर्टमा भन्दा धेरै छन्। धेरैको कम्प्लेन के रहेछ भने यो कुल आचार्य बिगतमा जस्तै अन्तमा खुट्टा छोड्छ अनि हामी बिचमा पर्छौं। यतिबेला साँच्चै आचार्य माथि विश्वासको संकट आएको छ देखिन्छ। भलै आचार्यले आफू मैदान कदापि नछाड्ने बताएका छन्। उनका पक्षमा सपोर्ट गर्ने अरु उम्मेदवार नै भेटिएनन। कुल आचार्यको काँगेस र बामको चुनावी प्रयास असान्दर्भिक भएको कुरा हलिउडखबरमा पहिला नै पोष्ट गरिएको हो। त्यसपछि आचार्यले काँग्रेसी र बामको नारा छोडेर गए। यति मात्र होइन बहुत नाम भजाइएको इटालीको भेटघाटमा पनि काँगेस नेता डा शेखर कोइरालाले नै आचार्यलाइ मिलेर जान, एकल रुपमा काँग्रेस प्यानलमा नजान सल्लाह दिए। त्यो कुरा सुन्नेहरुले नै यो पंक्तिकारलाई बताए।

बेकुफी कहाँनेर भयो भने, गैरआवासीय नेपाली संघमा प्यानल नै भन्न नमिल्ने अवस्थामा काँग्रेस र कम्यूनिष्टको लडाइको कुरा गरियो। क्षमता र दृष्टिकोणको आधारमा पक्ष-विपक्ष हुनुपर्नेमा नेपाल दुबाउन सफल तर आफै असफल नेपाली राजनैतिक पार्टीहरुको दासको रुपमा कुरा अगाडि बढाइयो।

अर्को झड्का पनि उत्पन्न भयो, काँग्रेसको नाराले जाने कुल आचार्यको भन्दा राजनैतिक रुपमा जान हुन्न भन्ने कुमार पन्तको पक्षमा झन धेरै काँग्रेसी उम्मेदवार र सपोर्टर देखिए। नामै किटेर लिंदा पनि उपाध्यक्षमा देखिएका हिक्मत थापा, सोनाम लामा, महासचिवका प्रत्यासी डा हेमराज शर्मा, कोषाध्यक्षका महेश श्रेष्ठ, सहकोषाध्यक्षका एसी शेर्पा यी सबै कहिं न कहिं कतै न कतै नेपाली काँग्रेसको ट्याग जोडिएरका व्यक्ति हुन्। यसबाहेक अमेरिकाज क्षेत्रका वर्तमान क्षेत्रीय संयोजक गौरी जोशी जो सचिवका आकांक्षी हुन् उनले क्यानाडाको अधिवेशनमै भने-मेरी श्रीमती चाहिँ काँग्रेसी परिवारकी हुन्, म काँग्रेसको ज्वाईं भनेर हसाए पनि।

उता कुल आचार्यको पक्षमा स्पष्ट रुपमा जानकी गुरुङ बाहेक अरु उम्मेदवारहरु देखिएका छैनन। डा केशब पौडेलले इच्छा गर्दागर्दे पनि आचार्यले उनलाइ पत्याएका छैनन्। तर पनि डा पौडेलले हिम्मत हारेका छैनन्, उनि मलेसीया सम्मै आफ्नो चुनाव प्रचार गर्न गएका छन्।

अझै थप कुरा गर्नुपर्दा उपाध्यक्षकै उम्मेदवार रबिना थापा, मन के सी र सचिवका आकांक्षी कृष्ण गिरी लगायत अरु थुप्रै उम्मेद्वारहरु काँग्रेसका पृष्ठ भूमीका हुन्। तर कुल आचार्यका पक्षमा देखिएका छैनन्। यसबाट के बुझ्ने ?

अमेरिकाकै कुरा गर्दा पनि कुमार पन्तका सपोर्टमा खुलेर लाग्नेहरु प्रवासी नेपाली मंच र अन्य भन्दा जनसम्पर्क र नेपाली काँग्रेस सदस्य र समर्थकहरु धेरै छन्। हरिबोल भण्डारी नेपाली काँग्रेस महासमिति सदस्य र गैरआवासीय नेपाली संघका सल्लाहकार दुवै हुन्। उनि कुमार पन्तको सपोर्टर हुन्। आइसीसी सदस्य राजन त्रिपाठी, सरला कडेल, बेद बस्नेत, एनसीसी अमेरिकाका उपाध्यक्ष कृष्ण जीबी पन्थ, एनसीसी अमेरिकाक निवर्तमान उपाध्यक्ष उमा कार्की, सदस्य कृष्ण लामिछाने, आइसीसी सदस्य इलेक्ट होम गौतम, स्वराज खाती, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग, केन्द्रिय सदस्य प्रमोद सिटौला, प्रकाश बस्नेत, जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर सभापति रोशन ढुंगाना, त्यस्तैगरी ज्ञानेन्द्र कार्की लगायत थुप्रै व्यक्तिहरु कुमार पन्तका सपोर्टमा देखिएका छन्। यस्तै अवस्था युरोप र अन्य क्षेत्रमा पनि छ। नेपाली काँग्रेसका एक जना प्रभावशाली केन्द्रिय सदस्य पनि कुमार पन्त तिर छन्। ति सबै उकाल्ने हो भने सबै भन्दा ठूलो काँग्रेसी शक्ति कुमार पन्तको पछाडी छ। अब ९ तिर फर्केका जनसम्पर्क समितिले आस्थाका आधारमा कुल आचार्यलाइ सपोर्ट गर्लान भन्ने आश भन्दा विकल्प खोज्नु उपयुक्त छ भन्छन स्वयं काँग्रेसी जनहरु।

यो आर्टिकल पढेर कतिपयलाई खण्डन गर्न मन लाग्ला। आफ्नो गल्ति छोप्न आफ्नै जनसम्पर्क समितिलाइ मृत पार्ने खेलाडि, आफ्नै घरको चौकोश भास्न गुटमा लाग्ने अभियन्तालै ढोडको लौरो भन्दा अरु के नाम दिन सकिएला र ? तर यो भन्दा सत्य कसैले प्रमाण सहित दियो या दिने आँट गर्यो भने, खण्डन यो पंक्तिकार आफैले पोष्ट गर्नेछ, ठाडो चुनौती भयो।