Hollywoodkhabar advertisement

एनआरएनए अमेरिका:च्याप्टर अध्यक्ष कुलानन्द शर्मा बोर्ड सदस्यका उम्मेदवार

-एनआरएनए अमेरिका:च्याप्टर अध्यक्ष कुलानन्द शर्मा बोर्ड सदस्यका उम्मेदवार
0
shares

हलिउडखबर, मे २, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनमा नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष कुलानन्द शर्मा बोर्ड सदस्य पदमा उम्मेदवार भएका छन्।

नेपालको बाग्लुङ्ग जिल्लामा जन्मिएका कुलानन्द शर्माले त्रिचन्द्र क्याम्पसबाट बिएससी र त्रिभुवन बिश्वो बिधालय केन्द्रिय क्याम्पसबाट रुरल डेभ्लपमेन्टमा मास्टर गरेका छन्। बिधार्थी हुँदा नेपाल बिधार्थी संघको राजनीतिमा सक्रिय शर्माले त्रिचन्द्र क्याम्पसमा एकाइमा काम गरेका थिए।

पढाइ सकेर पर्बत जिल्लामा बिज्ञानका शिक्षक र पछि सोहि बिधालयमा प्रधानाचार्य भएर काम गरे। शिक्षक हुँदा चाहिँ नेपाली कांग्रसको नजिक रहेको नेपाल शिक्षक संघमा सक्रिय थिए। पछि जिल्ला शिक्षा कार्यालयमा श्रोत व्यक्तिको रुपमा पनि जागिरे भएर काम गरेका हुन् शर्माले।

२०१० मा अमेरिकाको क्यालिफोर्निया आएका आचार्य पछि नर्थ क्यारोलिना बसाइ सरे। हाल त्यहाँ आफ्नो ब्यबसाय गर्दै बसेका छन्। हुन त अमेरिकामा पनि शर्मा राजनीतिमा सक्रिय रहे। नेपाली जनसम्पर्क समिति अमेरिकाको २०१४ देखि नर्थ क्यारोलिना च्याप्टर महासचिवको जिम्मेवारीमा रहेर काम गरे।

२०१५ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्य बनेका शर्मा अहिले भने आजीवन सदस्य हुन्। २०१९-२०२१ को लागि नर्थ क्यारोलिना राज्य च्याप्टर अध्यक्ष रहेका शर्मा यो पटक बुद्धि सागर सुबेदीको संयोजनमा बनाइएको केन्द्रिय मेम्बर्शिप ड्राइभ कमिटीमा पनि थिए। उसो त २०१९ मा अमेरिकाको प्रतिनिधि भएर एनआरएनए विश्वो सम्मेलन तथा महाधिवेशनमा काठमाण्डौ पनि गएका हुन्। यो पटक चाहिं केन्द्रिय बोर्ड सदस्यको लागि उम्मेदवार भएका छन्।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----