NRNA:एनआरएनएमा चुनावी तातो अध्यक्षका आकांक्षी आचार्य टोलीमा को को?

0
shares

by Krishna KC | Updated: 15 Aug 2019

295 views
-NRNA ICC VP and President Candidate 2019 Kul Acharya

कृष्ण के सी/अमेरिका/८/१४/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवर १३-१६, २०१९ कातहमाण्डौमा हुने ९ औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीसँगै चुनावी तापक्रम पनि बढ्दै गएको छ। अध्यक्षका आकांक्षी तथा वर्तमान उपाध्यक्ष कुल आचार्य पनि युरोपका देशहरु, साइप्रस, माल्टा हुँदै अमेरिका र क्यानडाको भ्रमणमा निस्केका छन्।

अगष्ट १४ मा न्यूयोर्क र अगष्ट १५ मा टेक्सासमा आयोजित उनको अन्तरकृया कार्यक्रम सफल भएको छ। यसबाट हौसिएका आचार्यले आफ्नो अमेरिका क्षेत्रको भ्रमणले उपलब्धि भएको बताए। आचार्य अगष्ट १७ मा क्यानाडाको साधारण सभामा सहभागि हुने भएका छन्। त्यसपछि उनि मिडल इष्ट र एशियाको लागि छलाङ्ग मार्दैछन्।

इटालीमा भएको युरोपियन बैठकबाट एकल रुपमा आएको आरोप लागेका आचार्यसँग केहि दिन पहिला गरेको कुराकानी हलिउडखबरले पोष्ट गरेपछि उनको पक्षमा सपोर्ट बढेको कुरा उनि स्वयंले बताए।

उसो त आचार्यका पछाडी हाल आएर एउटा बलियो शक्ति केन्द्र नै लागेको छ भनिन्छ। स्पष्ट रुपमा आचार्यसंग सहकार्य गर्ने आकांक्षीहरु नदेखाइएता पनि भित्र-भित्रैबाट काम गर्नेहरुको लुर्कन बढेको कुरा उनका किङ्गमेकर र निकतमहरुले हलिउड्खबरलाइ बताएका छन्।

आचार्यको आफ्नो बलियो नेटवर्क नेपाली जनसम्पर्क समिति, गैरआवासीय नेपाली संघका अग्रज र वर्तमानका नेतृत्वमा रहेका व्यक्तिहरु रहेको कुरा उनले उजागर गरेका छन्। उसो त नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पनि कुल आचार्यलाइ सपोर्ट गर्न काँग्रेस सपोर्टरहरुलाई भनेका छन्।

विगतमा उठेका काँग्रेस र बामको चुनावी नाराले केहि अन्योलता बढाएको थियो। तर पछिल्लो पटक कुल आचार्यसंग हलिउडखबरले गरेको कुराकानीसँगै त्यसलाई एक तहसम्म प्रष्ट पारेको छ। गैरआवासीय नेपाली संघमा प्यानल होइन सहकार्य मात्र संभव छ राजनैतिक प्यानल होइन। अब सिद्धान्तको डोरीले होइन क्षमता र नेटवर्कले बलियो बनाउने अवस्था आएको छ। तर पनि आस्थाको राजनीतिले केहि हदसम्म फरक पार्छ भन्ने कुरा पनि आचार्यको हकमा दरिलो पाटो सावित हुँदै आएको छ।

आचार्यका लागि हालसम्म महासचिवमा जानकी गुरुङको उम्मेद्वारी फाइनल भएको कुरा बताइएको छ। उता डा केशब पौडेलले पनि आफू महासचिवमै उम्मेद्वार हुने कुरा छाडेका छैनन्। खुलस्त नापारिएता पनि आचार्यको पछाडी आउने अन्य आकांक्षीहरुमा त्रिलोक गुरुङ, डिबी क्षेत्री, सोम सापकोटा, कृष्ण राज गिरी, आरके शर्मा, जुनु गुरुङ लागायत हुने कुरा बताइन्छ। तर पनि एक सुत्रका अनुसार केहि विल्कुलै नयाँ अनुहार पनि यो पटक मैदानमा आउने छन्। अब त्यो सबै हेर्नको लागि अझै केहि हप्ता कुर्नु पर्ने भएको ।