-राष्ट्रिय हिरो कुलमान घिसिङ सान फ्रान्सिस्कोमा

नेपालका राष्ट्रिय हिरो कुलमान घिसिङ सान फ्रान्सिस्कोमा

Hollywood Khabar March 08,2019 Comments

कृष्ण के सी/अमेरिका

नेपालीका मनका राजा, आँखाका रातीगेडी, लाखौँ परिवारको आशिर्वाद प्राप्त, उज्यालाका प्रतिक, राष्ट्रिय हिरो कुलमान घिसिङ यतिबेला अमेरिकाको विभिन्न शहरमा घुम्दैछन।

न्यूयोर्क लगायतका केहि शहरको भ्रमण पछि मार्च ९, २०१९ मा सान फ्रान्सिस्को पुग्दै छन्। यहाँको तामाङ सोसाइटी अफ क्यालिफोर्नियाले घिसिङको सम्मानमा एक भेटघाट तथा अन्तरकृया कार्यक्रम समेत राखेको छ।

मार्च १०, २०१९ आइतबार साँझ ५ बजे सान फ्रान्सिस्कोमा आयोजित अन्तरकृयामा तामाङ सोसाइटीलाइ समर्थन र सपोर्ट गर्दै दर्जन भन्दा धेरै संस्थाहरु सह-आयोजक बनेका छन्।

मुख्य आयोजक Tamang Cooperation Society of California का आध्यक्ष प्रेम लामाले हलिउडखबरसँग कुरा गर्दै कार्यक्रममा सम्पूर्ण पत्रकार, संघ-संस्था, नेपाली समुदाय र व्यक्ति अनि परिवार सबैलाई हार्दिक निमन्त्रणा गरेको बताएका छन्। अध्यक्ष लामाले थपे यदि कसैले खबर व्यक्तिगत रुपमा पाउनु भएको छैन भने यसैलाई सूचना मानेर उपस्थित भैदिन समेत अनुरोध गरेका छन्।

एउटा बुद्ध जन्मँदा संसार कहलाउँछ, एउटा कुपुत्र जन्मँदा सबैले शिर निहराउनुपर्छ। तर कुलमान यस्ता व्यक्ति हुन् उनलाई दिलै देखि हरेकले मन पराउँछ। सबै विवाद र असामन्जस्यता तोडेर फेरी नेपाली समुदाय घिसिङलाइ स्वागत गर्न र सुन्न आतुर देखिएको छ।

Venue: 173 Eddy St, San Francisco, California
Date: March 10 Sunday, 2019
Time: 5 pm
Prem Lama: 415 350 8153
Ravindra Rai: 510-366-6399
Suraj Pakhrin: 510-356-7457
Sher Bdr Lama: 415-627-8530