-तस्विर वेव

काठमाडौंमा पनि एनसेलका दुई टावरमा आगजनी 

Hollywood Khabar January 12,2020 Comments

२९ पुस, काठमाडौं ।काठमाडौंमा पनि एनसेलका दुईवटा टावरमा आगजनी भएको छ ।सोमबार राति  काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।यस अघि गोर्खा र तनहुँका दुइवटा टावरमा पनि आगजनी भएको थियो।