काठमाण्डौंमा होली

काठमाडौंमा होलीको रौनक

Hollywood Khabar March 19,2019 Comments

६ चैत्र काठमाडौं। रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होली काठमाण्डौंमा पनि उमङ्ग र रौनकका साथ मनाएका छन्। आज बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा ह्याप्पी होली लेखिएको सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्दै रमाउँदै होली मनाएका हुन्।

बालबालिका तथा यूवायूवतीहरु अनुहार रङ्ग्याएर पानी छ्यापाछ्याप गर्दै होली मनाइरहेको दृष्य यत्रतत्र देखिएका छन्।विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा होली दलेर रमाइरहेका छन्।आपसी खुशी साटासाट गरेर मनाउँदै एक अर्काका भाइचारा विस्तार हुने भएकाले होलीको आफ्नै विशेषता रहेको काठमाडौँ मैतीदेवीमा होली खेल्दै गरेका भटिएका छन्।