काठमाडौंमा हरेक महिना २० जनाको ब्रेनडेथ

Hollywood Khabar June 02,2018 Comments

सोनी शर्मा/२१ जेठ काठमाडौं।

ब्रेनडेथ भएका व्यक्तिका विभिन्न महत्वपूर्ण अंग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।तर, दुर्भाग्य के छ भने ब्रेनडेथ भएका व्यक्तिको अंग प्रत्यारोपणमा जिम्मेवार स्वास्थ्य संस्थाहरू नै बाधक बनेका छन्।२४सै घन्टा अंग प्रत्यारोपण केन्द्र ‘ब्रेनडेथ’को केस फेला पार्ने प्रतीक्षामा छ।तर, कुनै पनि सरकारी तथा निजी अस्पतालले अहिलेसम्म केन्द्रमा खबर गरेका छैनन्।‘ब्रेनडेथ’को कुनै घटना नभएर प्रत्यारोपणमा खबर नगरेका भने होइनन् ।

महिनामा कम्तीमा २० वटा ‘ब्रेनडेथ’का केस भएर पनि केन्द्रलाई अस्पतालहरूले जानकारी नदिएका हुन्।समन्वय अभावकै कारण ‘ब्रेनडेथ’ कार्यक्रम नै बन्द हुने करिब निश्चितजस्तो देखिएको छ।केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ एक व्यक्तिको अंगबाट पाँचजनालाई नयाँ जीवन दिन सकिने बताउँछन्।तर, निजी चिकित्सकहरू भने केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको कार्यशैलीका कारण समन्वय नभएको आरोप लगाउँछन्।