-तस्विर वेव

काठमाडौंमा ११बर्षीय बालिका बलात्कृत 

Hollywood Khabar September 15,2019 Comments

३० भदौ,काठमाडौं।काठमाडौंमा  ११बर्षीय बालिका बलात्कृत भएकी छन्।महानगरीय प्रहरी वृत्त, बालाजुले तारकेश्वर–१०, मनमैंजुमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भोजपुर हचुवागढी गाउँपालिका–३ का ३६ वर्षीय एल्जित राई लाई सोमबार पक्राउ गरेको छ ।बा ४ ख ८२ नम्बरको बसका सह–चालक राईले गाडीमा सवार ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरि अर्की बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा पक्राउ गरेको  प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

शुभकामना चोकमा हराएका बालिकालाई सह–चालक राईले बोलाएर आज रात पर्यो भोलि बिहान घर पुर्याईदिन्छु भन्दै  राति आफ्नै कोठामा राखेर बालिकामाथि जबरजस्तीकरणी गरेको बालिकाले प्रहरीलाई बताएकि हुन्।सोमबार शुभकामना चोकमा फेला परेकी ११ वर्षीय बालिकालाइ प्रहरीले उद्दार गरि सोधपुछ गर्दा पीडितलेनै जबरजस्तीकरणी भएको प्रहरीलाई बताएकी हुन् ।