२८ असोज गुल्मी।गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेका छन् ।पाँच महिला र २० पुरुष गरी २५ को क्षमता रहेकामा अहिले ८३ जना कारागारमा छन् । सोमबार सम्म कारागारमा पुरुष कैदी ५० र बन्दी २८, महिला कैदी तीन र बन्दी एकजना छन् ।कारागारका सूचना अधिकारी प्रभात मल्लिकका अनुसार एकजना आश्रित बालिकासमेत रहेकी छिन् ।कारागारको क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा निकै चुनौती थपिएको छ ।
कारागारका ८३ जनामध्ये सबैभन्दा धेरै बलात्कार मुद्दाका २४ कैदी र १७ बन्दी पुरुष कारागारमा छन् । त्यसपछि कर्तव्य ज्यान मुद्दाका १५ कैदी, एक बन्दी र तीन महिला कैदी रहेको सूचना अधिकारी मल्लिकले जानकारी दिए । बिहान आधा/एक घन्टा लगाएर शौचालय र रातमा एक प्रहर सुतेर उठ्नुपर्ने बाध्यता छ । ‘गल्लीमा समेत सुत्छाैं, शौचालय र पानीको उस्तै समस्या छ,’ इस्मा गाउँपालिका ५ का धनबहादुर चुँदाराले भने, ‘कारागार र खोर उस्तै भए, भेडाबाख्राजस्तै बसेका छौँ ।’
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...