-कृष्ण थापा

अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका कृष्ण थापालाइ 

Hollywood Khabar November 13,2019 Comments

२८कार्तिक,काठमाडौ।अफीसीयल अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका सिएम कृष्ण थापाले पाएका छन्।प्रतियोगितामा  कृण्ण थापाले रिजेन्द्रराज भण्डारीलाई नौ राउण्डको खेलमा माथ दिदै उपाधि कब्जा गरेका हुन् । कृष्ण थापाले नौ राउण्डको खेलमा ८ अंक प्राप्त गरे भने अन्तिम राण्उडमा हारेका रिजेन्द्रराज भण्डारी ६.५ अंकका साथ पाचौ स्थान हात पारे । यी दुबै जना गजुरमुखी चेस क्लवसग आवद्ध खेलाडी समेत हुन् । यो बिजयीसगै थापा एमेचर वर्ल्ड च्याम्पियनसिपमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने पक्का भएको अन्तराष्ट्रिय आर्विटर उमेश केसी चौलागाईले बताए ।प्रतियोगिताको टप टेन भित्र नेपाली खेलाडीहरु ८ जना परेर इतिहास रचेका छन् ।अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकाश नेपाल ७.५ अङ्क सहित दोस्रो भए । उनी पनि गजुरमुखी चेस क्लवसग आवद्ध खेलाडी हुन् ।

भारतका शुभम शुक्लालाई हराएका बर्तमान नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाई ७ अङ्क सहित तेस्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन मर्हजन ७ अङ्क सहित चौथो भए । अन्तिम चरणमा पराजित ग्रोभर छैठौ भए । यसै गरी, सुमित पन्त सातौँ,  आशिष फुयाँल आठौँ तथा सुरवीर लामा नवौँ तथा शुभम शुक्ला दशौँ भए ।महिला तर्फ भारतका सन्ध्या जी पहिलो भइन् । चीनका सुन फुरुङ्ग दोस्रो, नेपालकी सुजना लोहनी तेस्रो तथा जापानकी कोजीमा नात्सुमी चौथो तथा नेपालकै सुशीला गुरुङ पाँचौ भए ।विजयी थापाले १ हजार ५ सय,  उपविजयीले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउनेछन् । यसै गरि  चौथो र पाचौले ५ सय, छैठौले ४ सय तथा सातौँले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् ।

आठौँ देखि दशौँ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।महिला तर्फ विजयीले ७ सय, उपविजयीले ५ सय, तथा तेस्रो देखि पाचौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाए ।नेपाल बुद्धिचाल सङ्घ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागी  भएर गत शुक्रवार देखि जारि प्रतियोगिता बिहीबार काठमाडौमा सम्पन्न भएको थियो।