-NRNA NCC USA Election 2019, Sr VP Candidate Amrit Sapkota

NRNA अमेरिका चुनाव: एनसीसी सदस्य कृष्ण लामीछानेले बरिष्ठ उपाध्यक्षमा अमृत सापकोटालाई समर्थन गरे

Hollywood Khabar April 26,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा बरिष्ठ उपाध्यक्षका लागि उम्मेदवार भएका अमृत सापकोटाको माहोल बढ्दै गएको छ।

सबैभन्दा पहिला आइसीसी सदस्य सरला कंडेलले सापकोटालाई वरिष्ठ उपाध्यक्षमा सपोर्ट र समर्थन गर्दै आफ्नो फेसबुकमा लेखिन। त्यसपछि एक पछि अर्को हुँदै त्यो क्रम बढ्दै गयो। अप्रिल २७, २०१९ मा एनआरएनए एनसीसी अमेरिकाका बोर्ड सदस्य कृष्ण लामीछानेले आफ्नो फेसबुक स्टाटसबाट सापकोटालाई समर्थन गरेका छन्।

लामीछानेले भनेका छन्-हाम्रो समाजका समर्थ, सक्रिय एवं सहयोगी व्यक्तित्व मित्र अमृत सापकोटा NRNA NCC USA मा वरिष्ठ उपाध्यक्ष वन्न लाग्नु भएकोमा सहर्ष समर्थन गर्दै सवैसंग सहयोगका लागि अपील गर्दछु।

अदृश्य रुपमा रहेका भनिएका हाइकमाण्डको बिरुद्धमा खरो उत्रिएका सापकोटालाई सबैले समर्थन र सपोर्ट गर्नु जरुरि छ, लामीछानेले हलिउडखबरसँगको कुराकानीमा भने।