Priyaranjan Dahal

क्रान्तिकारीको पुँजीवादी उडान-गुरु काटेर विद्यार्थीलाई पढ्न अह्राउने

Hollywood Khabar September 16,2018 Comments

प्रियरंजन दाहाल

छोरोको टाउको काटेर आमाको काखमा राख्ने
पत्नीको अगाडी पतिको छातीमा गोलि दाग्ने
पश्चिमको साम्राज्यवाद हेर्न पुर्वबाट क्रान्तिकारी आएकाछन
जनहत्याको अध्याय लुकाएर पुँजीवादीको पुजारी बन्न भ्याएका छन् !!

गुरु काटेर विद्यार्थीलाई पढ्न अह्राउने
छिमेकीको काँधमा बसेर सत्ता टिकाउने
राम राज्य को सपना बाँडेर राज्यगर्ने बाबुहरु
गाइ काटेर मन्दिरमा हुल्न लगाउछन
रामेश्वरम पुगेर आफु, पितृको तर्पण बगाउछन !!

तिम्रै चेला, भ्रष्ट सामन्त काट्न निस्किए भने
तिम्रो पुँजीवादी भ्रमणले कुनै दिन बिच्किए भने
बुबाको कुकर्मले सन्तान मारिनु परेको दिन
पिताको अगाडि क्रान्तिकारी नेता ढल्ने छ
जनहत्याको पापले तिमीलाई भत्भति पोल्ने छ !!

रगत नसकुन्जेल शरीरभरि छुरीले माओ लेख्ने
जिउँदो बुबाको आँखा निकालेको अबोध छोराले देख्ने
त्यो बाउ, त्यो छोरा मारेर ल्याएको तिम्रो जनवाद
एफिल टावरमा टक्क अडिएको देख्दा
व्हाइट हाउसको गुनगानमा फोटो राखेर लेख्दा
तिमि राजनीतिमा हारेको पाएँ
अनि श्रीमद्भागवत को यो हरफ गाएँ
केचित् केवलया भक्त्या वासुदेव परायण !!

**भक्तिले मात्रै जान अन्जानमा भएका गल्तिको प्रायास्चित सम्भव छ, अपराधको लागि क्षमा माग्नु पनि भक्तिकै रुप हो**