-प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटनको बिरोधमा नेपाली समाज अमेरिकाको आयोजनामा न्युयोर्कको ज्याक्सन हाइटमा संयुक्त विरोध प्रदर्शन भएको छ

प्रधानमन्त्री ओलीको विरुद्ध न्यूयोर्कको विरोध प्रदर्शनमा पूर्वडिआइजी थापा समेत

Hollywood Khabar December 28,2020 Comments

समाजका अध्यक्ष समिर महर्जनको संयोजकत्वमा २७ डिसेम्बरमा भएको उक्त विरोध प्रदर्शनमा प्रधानमन्त्रीको ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरिएको थियो।

विरोधसभामा कार्यक्रममा आयोजक संयोजक समिर महर्जन, प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङ, जनजाति महासंघ अमेरिकाका महासचिव नरेन्द्र थापा मगर, त्यसैगरी राधा कृष्ण देउजा लगायतका बक्ताले प्रदर्शनमा मन्तब्य राखेका थिए।

त्यसैगरी पूर्वडिआइजी पार्वती थापा मगर, नेपाल आदिवासी जनजाति महासंघका पूर्वउपाध्यक्ष तथा सल्लाहकार डन्डु ढोक्प्या शेर्पा, आदित्य महर्जन, महेन्द्र अधिकारी, प्रवासी नेपाली एकता मञ्च अमेरिकाका महासचिव शंकर पन्त समेत कार्यक्रममा उपथित रहेका थिए।