-कांग्रेस नेता गगन थापा

केपी ओलीले गरेको संसद विघटन असंवैधानिक छ, कांग्रेस नेता गगन थापा

Hollywood Khabar January 16,2021 Comments

मिडिया संचार डटकमका प्रतिनिधि, ललितपुरबाट प्राप्ति/१/१६/२१

नेपाल काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटन अनधिकृतका साथै असंवैधानिक र अपराधिक कार्य भएको बताउनुभएको छ।

नेपाली काङ्ग्रेस, महाङ्काल गाउँपालिका कार्यसमिति ललितपुरको आयोजनामा आज भएको सरकारद्घारा चालिएको असंवैधानिक कदम विरुद्धको विरोधसभा कार्यक्रममा नेता थापाले प्रधानमन्त्री ओलीले पाँच वर्षसम्म संसद विघटन गर्न नपाउने र यदि संसदले सरकार नै दिन सकेन भनेमात्र विघटन गर्न पाउने अधिकार रहेको भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा कोरोना महामारी फैलिएर लगभग १० महिनादेखि विद्यालय, स्वास्थ्य, उद्योगधन्दा लगायत किसान आदिले मार खेप्नु परिरहेको अवस्थामा जनतालाई रोग, भोग र शोकबाट बाहिर निकाल्नुका बाबजुद निर्वाचन गराएर कम्तिमा पनि रु ४० देखि ५० अर्बको भारी बोकाउनु एक गलत काम हुनेछ। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको कलहका कारण संसद विघटन गर्दा देशमा कहिलै पनि राजनीतिक अस्थिरता नहुने थापाको बुझाइ थियो।

दुई तिहाइ बहुमतको सरकारले संविधान संसोधन गर्न चाहानुको विषय के हो उहाँले सम्पूर्ण जनतालाई प्रधानमन्त्री समफ यस प्रश्नको जवाफ माग गर्न आग्रह गर्नुभयो। हालको समय भनेको नागरीकलाई कोभिडको भ्याक्सीन लगाएर बचाउन आवश्यक रहेको थापाको मत थियो।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व अर्थराज्यमन्त्री उद्यशमशेर राणाले नेकपा भित्रको झगडा देश र जनताको हितमा बिलकुलै नरहेको भनाइ राख्नुभयो। उहाँले भन्नुभयो, मुलुक कोभिडको मारमा परिरहेको अवस्थामा विभिन्न कुरा उठाउनु लाजमर्दाे विषय बनिरहेको छ।काङ्ग्रेसले स्वतन्त्र न्यायायपालिकामा विश्वास गरिरहेको हुँदा संविधान संसोधन हुने विश्वास लिएको छु। काङ्ग्रेसले २०७० सालको चुनावमा बोलेको सम्पूर्ण कुरा पुरा गरेको बताउँदै राणाले कम्यूनिष्टहरुले हालसम्म कति गर्छु भनेका वाचा समेत पुरा गर्न नसकिरहेका आरोप लगाउनुभयो।

नेपाली काङ्ग्रेस ललितपुर जिल्ला किमिटिका सभापति मदनबहादुर अमात्यले कम्यूनिष्ट भनेका सर्वसत्तावादीका साथै तानाशाही पार्टी रहेका आक्रोस व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, नेपाली काङ्ग्रेसको एजेन्डा भनेको संसदिय व्यवस्था रहेको हुँदा नेकपाका नेताको राजनीतिक संस्कार र आचरणका कारण मुलुकमा पुन संकट आउन सक्छ । प्रजातन्त्रीक संस्कारमा अरुको विचार लाद्न नपाउने भएकाले सबैको मूल्य र मान्यतालाई ख्याल गरी अघि बढ्न उहाँले सुझाव दिनुभयो।

महासमिति सदस्य एवं खेलकूद बिभागका सचिव मीन कृष्ण महर्जनले कम्युनिस्टहरूको आचरण, जनतालाई गर्ने व्यवहार र कम्युनिस्ट भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा काण्डै–काण्डमा कम्युनिस्ट सरकार मुछिएर नेपाली जनताको मतलाई अपमान गरेको कारण अब नेपाली कांग्रेसप्रति जनता आकर्षित बन्दै गएको बताउनुभयो ।

अर्का महासमिति सदस्य ऋषिराम घिमिरेले नेकपाप्रति जनताको आस गरेकाले जनताको आस जगाउन कांग्रेसले मात्र सक्ने बताउनुभयो। अर्का नेता मथुरा प्रसाद घिमिरेले कम्युनिष्ट पार्टीको झुटको खेती जनतामाझ छताछुल्ल भएको बताउनुभयो। कांग्रेसका क्षेत्रीय सभापति राजन घिमिरेले संगठन र विरोधलाई संगसंगै लिएर जनता माझ जानुपर्ने बताउनुभयो।

काङ्ग्रेसका जिल्ला सदस्य सानोकान्छा मोक्ताङले काङ्ग्रेस पार्टीमा मात्रै देशलाई ठूलो सङ्कटबाट पार गराउने क्षमता रहेको विचार व्यक्त गर्नुभयो। काङ्ग्रेसका नेता गणेश केशीले काङ्ग्रेसले विगतका गल्ती र कम्जोरीलाई सच्याएर अघि बढ्दा आगामि दिनमा राम्रो नतिजा पाउन सक्ने भनाइ राख्नुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले काङ्ग्रेस रुखमा भोट हाल्न आतुर भइरहेको मत राख्नुभयो। उपप्रमुख मुना अधिकारीले नेकपाको दुई तिहाइ सरकारले जनताको विश्वासलाई घात गरिरहेका आरोप लगाउनुभयो। वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले काङ्ग्रेस ५० वर्षसम्म पनि सत्तामा आउँदैन भन्नेका लागि अब आएर देखाउने दाबी गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव भिमसेन घिमिरे, पूर्व क्षेत्रीय सभापति खोम प्रसाद घिमिरे, सदस्य रामकृष्ण हुमागाई आमन्त्रित पूर्व केन्द्रीय सदस्य कबेल बहादुर लामा, प्रदेश क्षेत्रीय सभापति सुन्दर मान थिङ लगायतका नेताहरुले कम्युनिष्ट सरकारको विरोध गर्दै आफ्नो मन्तव्य राख्नु भएको थियो।कार्यक्रममा नेकपा पार्टी परित्याग गरी तीन दर्जनभन्दा बढी नेता-कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए।