-ज्यानमारालाइ सांसद र सांसद पद गुमेकालाइ मन्त्री बनाउने प्रधानमन्त्री केपी ओली

ज्यानमारालाइ सांसद र सांसद पद गुमेकालाइ मन्त्री बनाउने प्रधानमन्त्री केपी ओली

Hollywood Khabar April 08,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले हत्या, ज्यानमुद्धा लागेका केहि ब्य्यक्तिलाइ पार्टीको टिकेट दिएर सांसद बनाए। यतिले पुगेन अदालतले फैसला गरेर जेलमा रहेका व्यक्ति/सांसदलाइ उन्मुक्ति दिन ठाउँ खोज्दैछन्। अनि नेकपाको संबन्ध बिच्छेद भएर बिउँतिएका नेकपा एमाले र माओवादी केन्द्र मध्ये केन्द्रले एमालेमा गएका चार सांसदहरुलाई सांसद नरहेको, कारबाही गरेको जानकारी दिएर संसद पद खुस्केका ४ ब्यक्तिलाइ पुन मन्त्री बनाएका छन्।

उनीहरु दल त्याग गर्दा सांसद पद गुमाएका माओवादी केन्द्रका चार सांसदहरु लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाई, प्रभु साह सहरी विकास र गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शपथ लिएका छन्।

अप्रिल ९, २०२१ शुक्रबार उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति निवास शितलनिवासमा मन्त्रीपदको पुन शपथ ग्रहण गरेका हुन्। यसपूर्व उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्ति दिएका थिए। अब उनीहरु ओली नै प्रधानमन्त्री रहेमा ६ महिनासम्म मन्त्री बन्न सक्ने व्यवस्था नेपालको संबिधानले ब्यबस्था गरेको छ।