-कोटेश्वर-कलंकी सडक खण्ड

कोटेश्वर-कलंकी सडक खण्डको काम शनिबार सकिने 

Hollywood Khabar December 09,2018 Comments

२४,मंसिर,काठमाडौं ।५ वर्ष लगाएर आठ लेनमा विस्तार गरिएको चक्रपथको कोटेश्वर-कलंकी सडकखण्डको काम आगामी शनिबार सम्म सकिने सडक विभागले जनाएको छ।चीन सरकारको अनुदान सहयोगमा बिस्तारित चक्रपथको पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर-कलंकी खण्ड विस्तारको काम डिसेम्बर १५मा सकिने निश्चित भएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ ।

आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ । सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बने । सम्झौता बमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण गरेको छ । चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास बनाइएको छ ।