तस्बिर वेब

सप्तकोशीको वहाब १० वर्षपछिकै सबैभन्दा धेरै:प्रति सेकेन्ड ३,७१,११० क्यूसेक ५६ वटै ढोका खोलियो

Hollywood Khabar July 12,2019 Comments

२९  असार, मोरङ।कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। सप्तकोशी नदीमा पानीको वहाब १० वर्षपछिकै सबैभन्दा धेरै प्रति सेकेन्ड ३ लाख ७१ हजार १ सय १० क्यूसेक पुगेपछि सबै ढोका खोलिएको हो।तर ढोका पुरै भने कुनै पनि खोलिएको छैन। 

एउटा ढोका २२ फिटसम्म खोल्न मिले पनि एक फिट देखि १५ फिटसम्म मात्र खोल्ने गरेको पाइएको छ।पुलको सबै ढोकाबाट ९ लाख क्यूसेक पानी जाने क्षमता छ।तर सबै ढोका खोलिए पनि पूर्ण रुपमा नखोल्दा कोशी ब्यारेजको उत्तरी क्षेत्रमा पानी सञ्चय भएर बस्दा सुनसरी, सप्तरी र उदयपुरलाई क्षती गर्दै आएको स्थानीयले गुनासो गरेका छन्।अहिले पानी पर्न कम भएसँगै कोशीमा पानीको बहाव घट्दै गएको छ ।

यस्तै रौतहटको दशगजामा रहेको तटबन्धको ४ मध्य दुई वटा ढोका खोलेपछि अहिले सदरमुकाम गौर सहितका ठाउँमा पानीको निकास भैरहेको छ।अहिलेसम्म झण्डै ८० प्रतिशत पानी निकास भएपछि स्थानीयबासिन्दा सरसफाइमा जुटेका छन्।लालबकैया र बाग्मती नदीलाई जोडेर भारतीय पक्षले बनाएको बाँधले सदरमुकाम गौरसहितका क्षेत्र डुबानमा परेको थियो।तर अहिले पानी पर्न पनि कम भएको तथा दुई वटा ढोका पनि खोलिएकाले पानीको सतह कम हुँदै गएको छ।