-तस्बिर साभार वेब

नेपाली विद्यार्थीमा कोरोना भाइरस भेटिएको पुस्टि

Hollywood Khabar January 23,2020 Comments

१०माघ,काठमाडौं।चीनमा २६ जनाको ज्यान लिएको कोरोना भाइरसको संक्रमण नेपाली विद्यार्थीमा भेटिएको पुस्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको  शुक्रबार पत्रकार सम्मेलन  गरि जानकारी दिएका हुन् ।चीनबाट जनवरी ९ मा नेपाल आएका ती विद्यार्थीमा रुघाखोकीको समस्या देखिएर उपचार गर्न अस्पताल पुगेपछि  शंका लागेर हङकङ पठाइएको थियो ।

बिहीबार हङकङबाट आएको रिपोर्टमा कोरोना भाइरस देखिएको पुष्टि भएको थियो ।उनी अहिले उपचार गरि ठीक भइसकेको पनि प्रवक्ता श्रेष्ठले बताए ।फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ। चीन बाहेक अमेरिका, दक्षिण कोरिया, जापान, थाइल्याण्ड र ताइवानमा यो रोग फैलेको छ ।