कृष्ण के सी/अमेरिका/२/२९/२०
चाइना मेनल्याण्ड रहेको कोरोना नोवेल भाइरसका कारण अमेरिकामा पहिलो व्यक्ति र विश्वमा २९०० जनाको मृत्यू भएको छ। त्यसैगरी हाल सम्म सात मध्ये ६ महादेशमा गरि ८५००० व्यक्तिहरु संक्रमित भएका छन्।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रिपोर्टरहरुसंग साक्षात्कार गर्दै कोरिना भाइरसका कारण एकजना अमेरिकी नागरिकको मृत्यू भएको बताएका छन्। मृत्यू हुने व्यक्ति वासिंगटन स्टेटको भएको बताइएको छ। घटना पछि स्टेट अफ वासिंगटनले स्टेट अफ इमर्जेन्सी घोषणा गरेको छ।
यसै सन्दर्भमा विश्व स्वास्थ संघले कोरोना भाइरसबाट उच्च स्तरको खतरा बढेको जनाएको छ। संघले सचेत गर्दै यो विश्वको कुनै पनि भागमा पुग्न सक्ने बताएको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...