लेखक अभिमन्यु दिपक

कोरोना गजल

Hollywood Khabar March 25,2020 Comments

सास रहुञ्जेल आश हुन्छ भन्छन् त्यहि भएर लकडाउन ।
घरभित्रै बसीबसी युद्ध छेडेका छौं त्यहि भएर लकडाउन ।।

कोरोना संक्रमित देशको मर्मस्पर्शी सन्देश के पर्खनु र !
बरु आफ्नै घरमा बसी जोगीउँ त्यहि भएर लकडाउन ।।

नजाउँ कतैपनि नल्याउँ कतैबाट,त्यो दुष्ट कोरोनालाई ,
जरुरी परे निस्कनु नत्र नजानु कतै त्यहि भएर लकडाउन ।।

ओखती छैन जोगीनुको विकल्प छैन बुझ्नुपर्छ सबले,
घर पस्दा साबुन पानीले हात धोउँ त्यहि भएर लकडाउन ।।

शुनशान छ शहर र सडक चुपचाप छन् सबै त्रासदीमा छन् ,
आफ्नै जीउज्यानको माया सबलाई त्यहि भएर लकडाउन ।।