-कोरोना भाईरस (Covid-19) संग जुध्न नेपाली समुदायमा फिप्नाले गरेको गतिविधिहरू

कोरोना भाईरस (Covid-19) संग जुध्न नेपाली समुदायमा फिप्नाले गरेको गतिविधिहरू

Hollywood Khabar May 02,2020 Comments

विश्वलाई नै हायलकायल पार्ने गरी प्राकृतिक प्रकोपको रूपमा आएको कोरोना भाईरस (Covid-19) को संक्रमणवाट मानवियक्षति कम गर्नका लागी हामी सुरूवातदेखि नै मानविय सेवामा तल्लीन छौ । चिन वाट सुरूभएको यो भाईरस संसारभरी फैलदै अमेरीकाको न्यूयोर्क यसको नयाँ केन्द्रविन्दु हुन पुग्यो।

सुरूवातमा हामीले सबै नेपालीसमुदायमा जनचेतना फैलाउने काम गर्यौ। कोरोना संक्रमणवाट वच्ने उपायाहरू विभिन्न संचारमाध्यामहरूको प्रयोग तथा सामाजिक संजालहरूमार्फत सचेतना जगाउने कार्यहरू भए। यद्यपि यो रोगले आक्रान्तरूप लिईसकेपछी हामीले सरकारको Luck down नियमको पालना गर्दै सबैलाई सुरक्षित रहन र जो संक्रमितहरूलाई विभिन्न सेवा दिन हामीले विभिन्न सहयोग समितीहरू, स्वयंसेवक टोली निर्माण गरी नेपाली समुदायविचमा संकटको सारथीकोरूपमा उभिन पाईरहेका छौ।

यो समस्या एक संस्था वा कुनै क्षेत्र वा समुदायको वा कुनै देशको मात्र नभएर यो सिंगो विश्वकै समस्याको रूपमा रहेकोछ, त्यसकारण यसलाई हामी सबै मिलेर पराष्त गर्नुको विकल्प छैन। त्यसैले नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) ले आफ्नो सदस्य संस्थाहरू सहित न्यूयोर्कमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाहरू सम्मिलित “ कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह, न्यूयोर्क” को निर्माण र सक्रिय भुमिका निर्वाह गर्दै सबै सामाजिक अभियन्ताहरूको साझा नेतृत्व निर्माण गर्दै त्यसमा सक्रियता जनाईरहेको छ। हामीले समूह मार्फत सुरूवातमा Tylenol, hand Sanitizer, gloves सगायत स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको छ।

नेपाल आदिवासी जनजाति महासंघ ( फिप्ना) सबै नेपाली समुदायको सुख दु:खको सारथी बन्दै आएको छ। हामीले सुरूवातमा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू, Tylenol, hand sanitizer, Gloves, Tharmamitar लगायत सामाग्रीहरू वितरण गरेका छौ। दोस्रो चरणमा कोरोना संक्रमित परिवारलाई आवश्यक खाद्यान्न, औषधी जन्य सामाग्रीहरू उपलब्ध गराउने कार्य भएको छ। साथै surgical maks, KN 95 maks पर्याप्तरूपमा वितरण भईरहेको छ।

फिप्नाको अध्यक्ष लोक चेम्जोङ प्रत्यक्ष स्वयंसेवी भुमिमा हालसम्म प्रत्यक्षरूपमा १०५ भन्दा धेरै परिवारमा आफै सामान ड्रब गरेर, कार सर्भिस , कतिपय आफै सामान लिन आएर , लगायत विभिन्न माध्यमको प्रयोग गर्दै सम्बन्धीत पिडित परिवारलाई स्वास्थ्य सामाग्री उपलब्ध गरिएको छ भने फिप्नाको पहलमा विभिन्न संघ संस्थाहरूका स्वयंसेवकहरूमार्फत हजारौ परिवारमा सेवा उपलब्ध भएको छ।

फिप्नाले संस्थागत तथा समुहगत रूपमा स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा १. कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह न्यूयोर्क २. किराँत चाक्थुङ चुम्लुङ अमेरीका ३. किराँत राई सोसाइटी अफ अमेरीका ४. गुरूङ सोसाइटी अफ अमेरीका, ५. तामाङ सोसाइटी अफ अमेरीका ६. तामाङ सोसाइटी अफ नर्थ अमेरीका, ७. शेर्पा संघ अमेरीका ८. नेवा गुठी न्यूयोर्क ९. युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीका १०. युनाईटेड मुगुम अर्गनाईजेसन ११. शेर्पा किदुक अमेरीका १२. घ्यालसुम्धो सेवा संस्था अमेरीका १३. मुस्ताङ किदुक अमेरीका १४. जिरेल संघ अमेरीका १५. नुब्रि संघ अमेरीका, १६. ढुक्पीया किदुक अमेरीका, १७. मगर संघ अमेरीका १८. वालुङ किदुक अमेरीका १९. ह्लल्मो सोसाइटी अफ अमेरीका. २०.युनाईटेड नेप्लिज विद्यार्थी यूनियन लगायतका संघ संस्थाहरू रहेका छन् ।

यी संस्थाहरूलाई आवश्यकता अनुसार र उपलब्ध भएसम्म Tylenol, maks, Gloves, hand sanitizer , Tharmamitar लगायत सामाग्रीहरू छुट्टाछुट्टीरूपमा उपलब्ध गरिएको छ ।यी बाहेक आगामी दिनमा अमेरीकामा क्रियाशील अन्य विभिन्न संघसंस्थाहरूसंग पनि प्रत्यक्ष सहकार्य गरेर अगाडी बढ्ने नै छौ । फिप्नाले संस्थागत रूपमा हालसम्म २३०० (दुई हजार तिन सय )प्रति Tylenol, १२०० ( एक हज़ार दुई सय )प्रति Surgical maks, २०० (दुई सय) प्रति N95 maks, पचास प्रति hand sanitizer, विस प्रति tharmamitar अध्यक्ष लोक चेम्जोङको हात बाट वितरण गरिसकेको छ ।

फिप्नाले यतिधेरै स्वास्थ्य सामाग्रीहरू वितरण गर्नुमा विभिन्न व्यक्तीहरू, व्यावसायीहरू तथा संघ संस्थाहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ । हामीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेहरूमा १. न्यूयोर्क निवासी समाजसेवी तथा व्यावसायी श्री लिला राई २. गिरिजा प्रासाद कोईराला फाउण्डेशन अमेरीका ३. शेर्पा किदुक अमेरीका ४. फिप्नाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष श्री मानबहादुर रानामगर ५. युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीकाकी अध्यक्ष श्रीमती मुना राई लगायत सम्पूर्ण सहयोग मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ। साथै समन्वयात्मक भुमिकाको लागी युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष श्री केशवराम राई, फिप्ना संघिय परिषदका सदस्य सचिव श्री छिरिङ राप्के लामा तथा एनआरएन न्यूयोर्क च्याप्टर का निवर्तमान उपाध्यक्ष श्री विष्णु रानामगर प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।

यो मानविय कार्यमा साथ सहयोग दिनुहुने समाजसेवी मित्रहरू, विभिन्न संघ संस्थागत प्रतिनिधी ज्यूहरू , नेपाल आदिवासी जनजाति महासंघ अमेरीका का सदस्य संस्थाका नेतृत्वमा रहनुभएका महानुभावहरू फिप्नाका संघिय परिषदका सभामुख, उपसभामुख तथा सदस्य सचिव ज्यूहरू साथै कार्यसमितिका सहयोद्दा मित्रहरू साथै सल्लाहकार ज्यूहरू र सम्पूर्ण सुभेच्छुक शुभचिन्तकहरूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ ।अगामी दिनहरूमा पनि नेपाली समुदायको सेवामा सधै अग्रपंतीमा नै उभिदै हामीलाई प्राप्त स्वास्थ्य सामग्रीहरू पनि चाडै नै सम्पूर्ण नेपाली समुदायमा वितरण गर्ने वचनहद्दताका साथ सबैमा हार्दिक धन्यबाद व्यक्त गर्दछौ ।

लोक चेम्जोङ

अध्यक्ष- नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)