१३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार,तिनजना पक्राउ 

0
shares

by Soni Sharma | Updated: 23 Jun 2019

93 views
-सांकेतिक तस्विर

९ असार,कैलाली।कैलालीमा १३ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ।किशोरीलाई हातखुट्टा समातेर पालैपालो बलात्कार गरेको आरोपमा  प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१५ उर्माका २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनेहराका २५ वर्षीय झगरु चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले  किशोरीमाथि सामुहिक बलात्कार गरेको थाहा पाउने बित्तिकै प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।पक्राउ परेका ३ जनामाथि किशोरीलाई हातखुट्टा समातेर पालैपालो करणी गरेको र कसैलाई भनेमा हत्या गर्ने धम्की दिएको किटानी जाहेरी परिवारले प्रहरीकोमा दिएका छन् ।