-तस्विर किशोर श्रेष्ठबाट

किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव बने

Hollywood Khabar September 12,2019 Comments

२८,भाद्र,काठमाडौं।प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव बनेका छन्।अजरबैजानमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार बाट सहभागिता रहेको विश्व प्रेस काउन्सीलको सम्मेलनबाट श्रेष्ठ सर्वसम्मत महासचिव चुनिएका हुन् ।

विश्व प्रेस काउन्सीलको अध्यक्षमा प्रो.डा.सुले अकर(साइप्रस),उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजानका सँसद सदस्य),महासचिवमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षकिशोर श्रेष्ठ र कोषाध्यक्ष-डक्टर तामेर अताबारुत(टर्की)बाट चुनिएका हुन्।आफु सर्वसम्मत निर्वाचित भएपछी श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै ‘यो विजय व्यक्तिगत रुपमा मेरो मात्र होइन, समग्रमा नेपालको सामूहित जित हो,’  लेखेका छन् ।