- किराँत समुदाय

किराँत समुदायले उभौली पर्व मनाए 

Hollywood Khabar May 17,2019 Comments

४ जेठ,काठमाडौं।पूर्वी पहाडी भेगका किराँत समुदायले उभौली पर्व धुमधामका साथ मनाएका छन्।किराँत समुदायले शनिबार ललितपुरको हात्तीवनमा किरातहरुको मन्दिर (माङ्खिम)मा पुजापाठ गरि उभौली मनाएका हुन् ।राई, लिम्बु, याक्खा र सुनुवारले आआफ्नो संस्कार अनुसार उक्त मन्दिरमा पूजा गरेपछि विधिवत रुपमा उभौली सुरु हुन्छ। उभौलीमा परम्परागत भेषभुसामा सजिएर किराती समुदायका बालबालिका, किशोर–किशोरी, युवायुवती र वृद्धवृद्धाले साकेला सिली प्रस्तुत गर्छन्। विविधताले भरिएको नेपाली समाजमा धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा छन्। सुरुवातमा पूर्वी पहाडी जिल्लामा मात्र देखिने उभौलीको रौनक पछिल्ला दिनमा राजधानीमा पनि देखिन थालेको छ।