पीडितलाई मलहम लगाऔं: किरात राई सोसाइटी अफ अमेरिका

Hollywood Khabar August 17,2017 Comments

मिति : २०१७ अगस्ट १६ तारिक ।
प्रेस विज्ञप्ति
पीडितलाई मलहम लगाऔं
केही दिनयता नेपालमा बाढीपहिरो र डुबानबाट सयौंले ज्यान गुमाएका छन् । हजारौँ घरपरिवार विस्थापितका साथै दसौँ हजार घर डुबानमा परेका छन् । त्यसलै, यतिखेर देश दुखेको छ। यो नेपालीको साझा संकट हो । 
एउटी आमाले आफ्नो काखको बच्चा गुमाएकी छन् । कति आमाका काख रित्तो भएको छ ।  कति बच्चाले आमाबुवा गुमाएका छन् । कैयौं बालबच्चा टुहुरा भएका छन् । सदगत गर्ने स्थान अभावमा खोलामा बगाइएको छ ।  यसरी प्राकृतिक विपतिमापरि ज्यान गुमाउनु भएकाहरूका आत्माको चीरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।
यस विषम परिस्थितिमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA)को यही अगस्त १५ तारिखमा बसेको केन्द्रीय कार्यसमिति र बोर्डको संयुक्त आकस्मिक बैठकले नगद तथा जिन्सी गरी तत्काल २,०००/- अमेरिकी डलर सहयोग  घोषणा  गरेको जानकारी गर्दछौं ।
यस्तो संकट घडीमा हाम्रो संस्था नेपाल सरकार साथै अन्य संघ–संस्थासँग सहकार्य गरी उद्धार, राहत र पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैमा तत्कालीन र दीर्घकालीन सहयोगका लागि आह्वानसमेत गर्दछ ।
 प्रमोद थुलुङ राई                        चन्द्रकुमार राई
   वोर्ड चेर्यर                                  अध्यक्ष                                                                                   

Regards,
Chandra Kr. Rai
President​
किरात राई सोसाइटी अफ अमेरिका (KRSA)
cell : (303)​ 931-4294
www.krsa.us