-NRNA:एशिया प्रशान्त क्षेत्रका आरसी किरण थापा उपाध्यक्षमा उम्मेद्वार हुने

NRNA:एशिया प्रशान्त क्षेत्रका आरसी किरण थापा उपाध्यक्षमा उम्मेद्वार हुने

Hollywood Khabar September 20,2019 Comments

कृष्ण के सी/अमेरिका/९/२१/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालको लागि एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) किरण थापा उपाध्यक्षका लागि उम्मेद्वार हुने भएका छन्।

एनआरएनएको एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक थापाले हलिउडखबरसंगको कुराकानीमा आफू यो पटक उपाध्यक्षमा उम्मेदवार हुने कुरा बताएका हुन्। किरण थापा वर्तमान आरसी हुन्।

काठमाण्डौ जिल्लाका रैथाने थापा कर्ममा निरन्तरता र काममा दृढता भन्दछन। १९८८ देखि नेपाल बाहिएर बसेका थापा हाल जापानमा बस्दै आएका छन्। जापानमा एक्सपोर्ट र इम्पोर्टको ब्यबसाय गर्छन उनि। यास बाहेक रेष्टुरेन्ट, ह्याण्डिक्राफ्ट लगायतको ब्यबसाय पनि गर्छन। नेपालमा भने स्कूल, हाइड्रो, इन्सुरेन्स, बैंक लगायतको क्षेत्रमा लगानी गरेको बताउंछन्।

२००६ मा पहिलो पटक एनआरएनए जापानको सदस्यता लिएका थापा एनसीसी जापानको सदस्य पनि बने। २००७-२०११ सम्म अन्तराष्ट्रिय परिषद सदस्य, २०११-२०१३ एशिया प्रसान्त क्षेत्रको क्षेत्रीय उपसंयोजक, २०१५ देखि २०१९ सम्म दुइ-दुइ कार्यकाल सोहि क्षेत्रको क्षेत्रीय संयोजक रहेका छन्। यो पटक भने उपाध्यक्षमा आकांक्षी भएका छन् थापा।

आफ्नो कार्यकालमा संघका नियमित प्रोजेक्टहरुमा सपोर्ट, सहभागिता निरन्तर नै थियो। त्यस बाहेक फिलिपिन्समा क्षेत्रीय सम्मेलन, बालीमा बिजनेश सम्मेलन, जापानमा ६० औं कुटनैतिक संबन्धको उपलक्षमा बिशेष कार्यक्रम, मलासिया, हङकङमा र म्यान्मारमा क्षेत्रीय बैठकहरु नै आफ्नो पालाका बिशेष कामहरु हुन्, थापाले भने।