-सांकेतिक तस्विर

खोलाले बगाएर तीनजना विद्यार्थी बेपत्ता

Hollywood Khabar July 12,2019 Comments

२८असार,इलाम।इलामको माइखोलाले बगाएर तीन जना विद्यार्थी बेपत्ता भएका छन्।खोला तर्ने क्रममा डुबेर माई नगरपालिका ६ भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी बेपत्ता भएका हुन्।बेपत्ता हुने विद्यार्थीमा कक्षा ९, ८ र ६ पढ्ने माइ नगरपालिका १ ज्वालेका निशा सुनार, आकृति आङ्देम्बे र सुनिता साउदने बेपत्ता भएको शिक्षक गोपाल घिमिरेले बताए ।विद्यार्थी बेपत्ता भए लगत्तै दानावारी, चिसापानी र पेल्टीमारी युनिटका प्रहरी खोजीकार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए।