-खगेन्द्र थापामगर

विश्वकै होचा र्कीतिमानी खगेन्द्र थापामगरको निधन,आज अन्त्येष्टि गरिने   

Hollywood Khabar January 16,2020 Comments

४,माघ,पोखरा।विश्वकै होचा व्यक्तिका रुपमा  ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल  खगेन्द्र थापामगरको निधन भएको छ।र्कीतिमानी मगरको २८ वर्षको उमेरमा शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएकोnखगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए ।खगेन्द्रमा मुटुमा समस्या,स्वासप्रस्वास, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यकभन्दा बढी हुने समस्या थियो।

खगेन्द्रको जन्म बाग्लुङ धुल्लुवासकोट ६   मा१८ असोज २०४९ मा जन्म  भएको थियो । जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका थिए । उनको वजन ५.५ किलाेग्राम मात्र रहेको थियो ।२०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । त्यतिबेला थापा ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च थिए।थापाको शनिबार बौद्ध अर्घौं सदन रामघाटमा अन्त्येष्टि गरिने प्रतिष्ठानले जनाएको छ।