-Diksha Basnet-Khaptadi

खाडीको तातोले आफुलाई राप्दैछु, भाइबर इमोबाट दशैँटिका थाप्दैछु

Hollywood Khabar October 07,2019 Comments

दिक्षा बस्नेत खप्तडी/१०/८/१०

नयाँ पुस्ता र इन्टरनेट टेक्नोलोजीको आविस्कारले लाखौँ परदेशिएका नेपाल आमाका सन्तानहरुले चाडबाडमा मोबाइल फोन अगाडी राखेर आमाबुवा र परिवारसंग आशिर्बाद लिनेदिने चलन केहि बर्षदेखि यता देख्दै आएका छौ।

बाध्यता भनौ या परिस्थितिले आमाको काख छोडेका, श्रीमतीका अंगालोबाट टाढिएका, दशौं-बिसौ लाख युवाहरु के रहरले बिदेशिएका हुन् ? एसएलसी पास, आइए पास, ब्याचलर हुदै मास्टर्स डिग्री सम्मका सर्टिफिकेट बाक्सामा राखेर खाडीमा गइ कहिले सम्म रगत र पसिना बगाउने ?

तिनै सर्टिफिकेट जोगाउने छानो बनाउनु छ, मक्किएको खाँबो फेर्नु छ, घरको धुरी छाप्नु छ, आमाको फाटेको चोली फेर्नु छ, अनि बाबाको टाउकाको ऋण निखार्नु छ, अनि त लाग्छ कल्कलाउँदो युबा ५० डिग्रीको तातो मरुभूमि तिर।

तर धिक्कार छ, भ्रष्टचारले गालेको, रेमिटेन्सले पालेको हाय मेरो मुलुक, आज सत्तामा आसिन्न मुलुक हाक्ने बिरबलहरु देखेर, जो तिनै कलिला हातले पठाएका रेमिटेन्सले आज मुलुक चल्दै गर्दा र देशको अर्थतन्त्र रेमिटेन्समा भरपर्दै गर्दा कसरी रक्सीका बोत्तलमा आफ्नो अस्तित्व सकाउन लाग्दैछन, यिनीहरुलाई ती लाखौ परदेशीहरुको आशुले सराप्दैन ? के यिनीहरुलाई अलिकति पनि आत्माबोध हुदैन ? के अरुका छोरी बुहारी, श्रीमतीको सुहाग खोस्न नेपाली जनताले भोट दिएको हो ?

आफ्नो हैसियत र उचाइ समेत थाहा नपाउने कुन लोकबाट प्रवेश गरेर आएका हुन् त्यो अचम्म लाग्छ/ हिजो जनताको सर्बहारा पार्टी भन्दै नारा लगाउदै हिड्ने यी साढेंहरु यसरी उन्माद भए कि यिनीहरुले सत्ता, पैसा र पदको दुरपयोग गर्दै नशाको मातमा डुक्रिएर यौनक्रिडामा आफ्नो सर्बश्व बिर्सनु र नैतिकताबाट पलाएन हुनुले ती परदेशी भूमिमा रगत र पसिना बगाउने लाखौ युबायुबती जो परिवारबाट टाढिएर धेरै दशैँ, तिहारमा आशु निलेर बसेका छन् तिनी हुन् सच्चा देशभक्ति! तिनको जय होस्, माता दुर्गा भवानीले सधै रक्षा गरुन।

अन्त्यमा प्रबासमा रहेर मुलुकको आर्थीक खम्बा बनेका हरेक नेपालीहरुको तर्फबाट संदेश प्रबाह गर्न मन लाग्यो कि! कसैलाई पनि पराइको भूगोल भर्न रहर हुदैन, नत मुलुकबाट टाढा हुन मन हुन्छ, जब मन्दिरैमन्दिरको शहर छोडेर ठुलो प्लेन चढेर मात्रीभुमी छोड्छौ अनि छाती गरुङ्गो भएर आउछ, आज बिजया दशमीको शुभ-साहितमा जो जत्तिले परदेशबाट, भाइबर, म्यासेन्जर, इमो बाट भिडियो कल गरेर ती अस्ताउन लागेका बुढाबुढी हजुरबुवा, हजुरआमा, आमा बुवा, अनि श्रीमती छोरा छोरी, संग परदेशको आशु साट्नु भयो, सबैलाइ शुभकामना, दुर्गा भवानीको आशिर्बादले चाडैं घरपरिवार संग मिलन होस्, भन्दै बिजया दशमीको शुभकामाना।