साधारण सभा संयोजक उपसभापती बरालद्दारा धन्यवाद ज्ञापन

Hollywood Khabar April 26,2017 Comments

नेपाली जनसम्पर्क समिति,अमेरिकाको पहिलो वार्षिक साधारण सभा भव्यतापूर्वक सम्पन्न गराउनु हुने सम्पूर्ण कांग्रेसजन र शुभेच्छुकहरुलाई मुरीमुरी धन्यवाद। 

साधारण सभा सम्पन्न गर्न मलाई संयोजक तोकी यो गहन जिम्मेवारी दिनु हुने समितिका सभापति आनन्द विष्टज्यूसहित सम्पूर्ण कार्य समितिलाई विशेष आभार। भर्जिनियामा रहनु भएका समितिका सबै साथीहरु, स्वयंसेवक मित्रहरु जसले निरन्तर खटेर साधारण सभा सफल बनाउनु भयो, उहाँहरु सबैलाई मेरो तर्फबाट शब्दमा व्यक्त गर्न नसकिने धन्यवाद ।

भर्जिनिया च्याप्टरका सभापतिसहित सबै पदाधिकारी र सदस्य साथीहरु, अमेरिकाभर छरिएर रहनु भएका समितिका सदस्यहरु,साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने सहयोगदाता सबै व्यवसायी एवं सहयोगी साथीहरु,पत्रकार मित्र हरु , कलाकार हरु , र स्थानीय समुदायका प्रतिनिधिलगायत सबै सबैलाई धन्यवाद ।

यो साधारण सभाले भावी दिनमा समितिलाई थप गतिशील र सशक्त बनाउन योगदान पुर्याउने छ भन्ने लागेको छ । साधारण सभाको प्रमूख आतिथ्यता ग्रहण गर्दै उद्घाटन गरिदिनु हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खानेपानी तथा सरसफाई मंत्री माननीय जीवनबहादूर शाहीज्यू,अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, कंग्रेसम्यान रब विट्म्यान,नेपालका लागि पूर्व अमेरिकी राजदुत स्कट एच डेलेसी,भर्जिनियाका डेलिगेट बब मार्शलसहित सम्पूर्ण अतिथिहरुको उपस्थिति र सम्बोधनले संस्थाको महत्वलाई अझ फराकिलो बनाएको छ | साथै आफु उपस्थित हुन नसके पनि साधारण सभाको सफलताको कामना गर्दै प्रतिनिधिसहित शुभकामना सन्देश प्रेषित गर्नु हुने कंग्रेसम्यान बारबरा कम्स्टकप्रति पनि धन्यवाद दिन चाहन्छु ।

म संयोजकको हैसियतले सबैलाई आभार व्यक्त गर्दछु । साधारण सभा आयोजनाका क्रममा तपाईंहरुको सहभागिता र बसाईलाई व्यवस्थित गर्ने हाम्रो अधिकतम प्रयास रहदा रहदै पनि हुन गएका केहि असुविधा प्रति म तपाईंहरु सबैसंग क्षमा याचना गर्दछु | साधारण सभा आयोजकका हैसियतले तपाईंहरु सबैको सहभागिताका लागि पुन: एकपटक हार्दिक आभार व्यक्त गर्दछु ।

हाम्रो आस्थाको संस्था यस्तै सहभागिता,छलफल र भेटघाटले अझ मजबुत बन्दै जाओस यहि नै यहा हरु सबै मा हार्दिक अनुरोध गर्दछु।

जय नेपाल !

केशब बराल 

संयोजक, प्रथम वार्षिक साधारण सभा मूल व्यवस्थापन समिति 

एवं उपसभापति, नेपाली जनसम्पर्क समिति,अमेरिका