तस्बिर वेब

केरुङ-काठमाडौं रेलमार्गको डीपीआरको चीनमा छलफल हुँदै

Hollywood Khabar June 16,2019 Comments

२ असार,काठमाडौं।केरुङ-काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर)बारे छलफल गर्न नेपाली टोली चीन गएको छ।बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सूचीकृत नेपाल र चीनलाई जोड्ने यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की नेतृत्वको टोली चीन गएको हो।चीनमा चौंथो नेपाल चाइना रेल्वे बैठमा रेलमार्ग निर्माण्को प्रक्रिया अघि बढाउनेबारे छलफल हुनेछ।

हाल यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा लाग्ने खर्चको लगानी मोडालिटीमा नै चीन र नेपालबीच कुरा मिलेको छैन। चीनको बीआरआई परियोजनाको महत्वपूर्ण हिस्सा भनिएको यो रेलमार्ग बनाउन दुई देशबीच दुईपक्षीय समझदारी पनि भइसकेको छ।