https://www.youtube.com/embed/8YZyAdwqV7M

केकी र निराजनको केन्टकीको भिडियो सार्वजनिक

Hollywood Khabar August 22,2018 Comments

विजय थापा
नायिका केकी अधिकारी, कलाकार निराजन प्रधान अभिनित तथा गायक सरोज अधिकारीको मन छुने गीत भोली बजारमा आएको छ।

नायिका केकी अधिकारी,कलाकार निराजन प्रधान अभिनित तथा गायक सरोज अधिकारीले आफ्नै स्वरमा प्रस्तुत गरेको गीत भोली ” सार्बजनिक भएको छ ।

लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक अधिकारीले ‘भोलि’ नामको मन छुने गीत बजारमा ल्याएका हुन् ।

२०६६ सालमा प्रभाव नामको एल्बम लिएर आएका गायक सरोज अधिकारीको त्यो समयमा ‘आज धेरै’ भन्ने बोलको गीत सञ्चारमाध्यमहरूमा निकै चर्चामा थियो । केही समय अघि उनले ‘भावना’ नामको एल्बम  पनि बजारमा ल्याएका थिए ।

आफ्नै शब्द सङ्गीत र स्वरमा सरोजले ‘भोलि’ बजारमा ल्याएका हुन् । गीतको भिडियोमा केकी अधिकारी, निराजन प्रधान र ज्योति काफ्ले लगायतले अभिनय गरेका छन् । अमेरिकामा रेकर्ड भएको गीतको भिडियो काठमाण्डौमा तयार गरिएको हो । भिडियो बनाउन पुष्कर दाहालले भूमिका खेलेका हुन् । यस भिडियोका निर्देशक नितिन चन्द रहेका छन ।

सानो उमेर देखि गीत सङ्गीतमा रुचि राख्ने सरोज परिवारको पनि साथ भएकोले साङ्गीतिक क्षेत्रमा प्रगति भएको बताउँछन् । ‘यो क्षेत्र सानै उमेर देखि रुचिको क्षेत्र हो,नेपाल देखि अमेरिका सम्म आएर पनि निरन्तरता दिँदै छु ।’ गायक अधिकारीले भने ‘नेपाली गीत सङ्गीतलाई जहाँ पुगे पनि माया गरिरहन्छु, श्रोता र दर्शकको माया पाउने आशा भएकाले गाउने पेशा छाड्दिन । अधिकारीसँग गीतका शब्द लेख्न,सङ्गीत भर्न र गाउन अब्बल क्षमता छ ।

एउटा बिदेसिएको प्रेमीको कथामा आधारित यो भिडियोमा, प्रेमी आफ्नो उज्ज्वल भविश्वको लागि घरायसी  परिस्थितिले बिदेसिन पुग्छ । प्रेमी बिदेसिए लगत्तै उसकी प्रेमिका उ संग बिताएका पुराना दिनहरुको सम्झिदै अनि भोलि फेरी भेट हुने आशासंगै कल्पनामा डुब्न पुग्दछे। तर उसको दुर्भाग्य आफ्नो भबिष्य बनाएर फर्कने क्रममा उसको प्रेमीको हवाई जहाज दुर्घटनामा निधन हुन्छ । प्रेमिका सधैको लागि आशुमा डुब्न पुग्छे । भिडियोको कथा सार यस्तो छ ।

भिडियोका दृश्यहरु नेपालको काठमाडौँको वरपर अनि गायकको आफ्नो भूमिकाको दृश्य भने अमेरिकाको केन्टकी राज्य वरपर छायाँकन गरिएको हो ।