मेरो डान्स कप USA 2017 को निर्णायकमा नायिका केकी अधिकारी छनौट

Hollywood Khabar June 26,2017 Comments

विजय थापा,वाशिंगटन डीसी
अमेरिकामा संचालित मेरो डान्स कप युएसए २०१७’ सिजन (ऋतु ) -२ निर्णायकहरुमा नेपाली चलचित्र कि नायिका केकी अधिकारीलाई छनौट गरिएको छ l एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप्रिल २८ देखि सुरु भएको होl
आयोजकले बताए अनुसार एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताका निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहेका थिए l निर्णायक मध्ये कै निर्णायक नायक दिलिप रायमाझी नेपालमा चलचित्रमा व्यस्त रहेकोले उनि उक्त कार्यक्रममा आउन असमर्थ भए पछि आयोजकले उनको बदलामा नायिका केकी अधिकारीलाई नियुक्त गरेको बताएको छl
नायिका केकी अधिकारी जुलाई को पहिलो हप्तामा अमेरिका आउने भएकी छिन् l उनि अमेरिका नेपाल बाट सोझै नआई बेलायत बाट अमेरिका आउने भएकी आयोजकले जानकारी दिएका छन् l
कार्यक्रम को खाका अनुसार शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ । अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ l जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ।
अमेरिका राष्ट्रभर विभिन्न राज्यमा छरिएर रहेका किशोरकिशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मञ्च उपलब्ध गराउनु संस्थाको मुख्य उद्देश्य रहेको छ l