कावासोती नगरपालिकाका उपमेयको गाडीमा आगजनी

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

65 views
-सांकेतिक तस्विर

१०असार,नवलपरासी।नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा आगजनी भएको छ।उपमेयरको लु १ झ ३२१ नम्बरको स्कोरपियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ।प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेको छ ।यही आधारमा प्रहरीले आगजनीमा विप्लव समूह संलग्न रहेको अनुमान गरेको छ ।