-श्रृंखला खतिवडा, फोटो उनको इन्स्टाग्रामबाट

काठमाडौं युथ कनक्लेभ २०७५ मा श्रृंखला खतिवडा समेत प्रस्तुति गर्ने

Hollywood Khabar March 16,2019 Comments

काठमाडौं/३ चैत्र

चैत्र ५, २०७५ का दिन प्रज्ञा भवन कमलादीमा काठमाण्डौ युथ कनक्लेभ २०७५ को आयोजना गरिएको छ।

युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाण्डौ मोडेल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा यही चैत्र ५ गते प्रज्ञा भवन, कमलादी, काठमाण्डौमा काठमाण्डौ युथ कनक्लेभ २०७५ हुने भएको छ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजक कलेजका प्रतिनिधिहरुले पत्रकार सम्मेलन गरेर उक्त कनक्लेभको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन्।

युनिभर्सल कलेज, शान्तितगरका प्राचार्य डा शिवदत्त ज्ञवालीले १०+२ पछि पनि स्वदेशमै उच्च शिक्षा दिन आफूहरु सक्षम रहेको र विश्वस्तरीय प्रतिष्पर्धी शिक्षा प्रदान गर्न सक्षम रहेको सन्देश दिन पनि यो कनक्लेभ आयोजना गर्न लागिएको भन्दै उद्देश्यबारे प्रकाश पारेका थिए ।

उक्त कनक्लेभको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सदस्य योगेश भट्टराई रहेको कुरा आयोजकहरुले जानकारी दिएका छन्।

कनक्लेभमा मिस नेपाल २०१८ श्रृंखला खतिवडा, नेपालका बैंकर अनिल केशरी शाह, प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अली, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्का, व्यवसायी सौरभ ज्योति, हाँस्यकलाकार सन्दिप क्षेत्री, युट्यवर सिसम बानियाँले समेत प्रिजेण्टेशन गर्नेछन। कार्यक्रममा गीत, संगीत र प्रहशन, नृत्य र खान तथा खेलका स्टलहरु समेत हुनेकुरा आयोजकहरुले जानकारी गराए।